पचास हजार घुससहित नापीका प्रमुख पक्राउ
गाईघाट, उदयपुर, २९ चैत । स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका छन् ।
आज बिहान जिल्ला नापी कार्यालयस्थित कार्यालयका हाकिम साहको क्वाटरबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले साहलाई रु ५० हजार घुससहित पक्राउ गरेको अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले बताएको छ ।
साहले त्रियुगा नगरपालिका–१० बस्ने बोक्सेका एक सेवाग्राहीबाट जग्गाको नक्सा परिवर्तन गरिदिने शर्तमा रु दुई लाख घुस मागेको र पहिलो किस्तास्वरुप ग्राहकबाट रु पचास हजार आज बिहान ८ बजे क्वाटरमा नै लिएको स्वयं सेवाग्राहीले बताए ।
साहले घुस लिनेबित्तिकै तत्कालै सेवाग्राहीले अख्तियारलाई खबर गरेपछि अख्तियारको टोली कार्यालय पुगेर जाँच गर्दा हाकिम साहको सिरानबाट रु ५० हजार बरामद गरेको पनि क्षेत्रीय अख्तियार प्रमुख प्रदीपकुमार कोइरालाले बताए ।
यसभन्दा अघि पनि हाकिम साहले सेवाग्राहीबाट पटक पटक घुस लिएको गुनासो बढ्न थालेपछि साह अख्तियारको निगरानीमा रहँदै आएको अख्तियारले बताएको छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













