सुत्केरीको ज्यान जोगाउन रगत जुटाउँदै
बाजुरा, २ वैशाख । जगन्नाथ गाउँपालिका–१ ढाडाकोटकी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको समाचार प्रकाशन भएपछि ‘बी’ पोजेटिभ रगत भएका व्यक्ति सम्पर्कमा आएर रगत दिन थालेका छन् ।
रगत अभावका कारण सुत्केरी विकको ज्यान खतरामा भएको समाचार गत चैत ३० गते राससमा प्रकाशन भएपछि हालसम्म ‘बी’ पोजेटिभ रगत दिनेहरु सम्पर्कमा आई तीन पिन्ट रगत दिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका ल्याब कर्मचारी जगतबहादुर शाहीले जानकारी दिनुभयो ।
रक्तदातामा नेपाली सेना, समरजित गुल्मका जवान सञ्जय तामाङ, गौमुल गाउँपालिका–६की कल्पना रोकाया र बडीमालिका नगरपालिका–८का गोरखबहादुर विष्ट छन् ।
रगत अभाव भएर जिल्ला अस्पताल बाजुरामा उपचार गराइरहेकी विकको स्वास्थ्यवस्थाका बारेमा बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टले बिरामीसँग भेट गरेर जानकारी लिनुभएको छ । विष्टले विकलाई रगत खोज्न नगरपालिका र्कालयलाई आग्रह गरिएको बताउनुभयो ।
विकको स्वास्थ्यमा सुधार हुदै आएको उपचारमा संलग्न डा दुर्गा महर्जनले बताउनुभयो । उहाँले शरीरबाट रगत धेरै बगेकाले रक्त अल्पता भएकाले कम्तीमा ९ पिन्ट हुनुपर्छ ।
उनको शरीरमा ४ पिन्ट मात्र रगत भएकाले अझै पाँचदेखि सात पिन्ट रगत चहिने बताउनुभयो । रगत दिनका लागि जिल्लाका नेपाली सेना, नेपाल प्रहरीलगायतका कर्मचारीलाई पनि आग्रह गरिएको छ । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













