सुत्केरीको ज्यान जोगाउन रगत जुटाउँदै
बाजुरा, २ वैशाख । जगन्नाथ गाउँपालिका–१ ढाडाकोटकी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको समाचार प्रकाशन भएपछि ‘बी’ पोजेटिभ रगत भएका व्यक्ति सम्पर्कमा आएर रगत दिन थालेका छन् ।
रगत अभावका कारण सुत्केरी विकको ज्यान खतरामा भएको समाचार गत चैत ३० गते राससमा प्रकाशन भएपछि हालसम्म ‘बी’ पोजेटिभ रगत दिनेहरु सम्पर्कमा आई तीन पिन्ट रगत दिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका ल्याब कर्मचारी जगतबहादुर शाहीले जानकारी दिनुभयो ।
रक्तदातामा नेपाली सेना, समरजित गुल्मका जवान सञ्जय तामाङ, गौमुल गाउँपालिका–६की कल्पना रोकाया र बडीमालिका नगरपालिका–८का गोरखबहादुर विष्ट छन् ।
रगत अभाव भएर जिल्ला अस्पताल बाजुरामा उपचार गराइरहेकी विकको स्वास्थ्यवस्थाका बारेमा बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टले बिरामीसँग भेट गरेर जानकारी लिनुभएको छ । विष्टले विकलाई रगत खोज्न नगरपालिका र्कालयलाई आग्रह गरिएको बताउनुभयो ।
विकको स्वास्थ्यमा सुधार हुदै आएको उपचारमा संलग्न डा दुर्गा महर्जनले बताउनुभयो । उहाँले शरीरबाट रगत धेरै बगेकाले रक्त अल्पता भएकाले कम्तीमा ९ पिन्ट हुनुपर्छ ।
उनको शरीरमा ४ पिन्ट मात्र रगत भएकाले अझै पाँचदेखि सात पिन्ट रगत चहिने बताउनुभयो । रगत दिनका लागि जिल्लाका नेपाली सेना, नेपाल प्रहरीलगायतका कर्मचारीलाई पनि आग्रह गरिएको छ । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













