यातायात व्यवसायीको आन्दोलनमा, घेराउदेखि ग्यारेजमा गाडी थन्क्याउनेसम्म

काठमाडौं, ५ वैशाख । सिन्डिकेट खारेजीविरुद्ध यातायात व्यवसायीले चरणबद्ध रुपले आन्दोलन घोषणा गरेका छन्। सरकारले सिन्डिकेट हटाउन अटेर गर्ने यातायात व्यवसायी संघसंस्था र समिति खारेज गर्ने निर्णय गरेको भोलिपल्ट राजधानीमा पत्रकार सम्मेलन गरी व्यवसायीहरूले आन्दोन घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमा यातायात कार्यालय घेराउदेखि ग्यारेजमा गाडी थन्क्याउनेसम्मका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।
यातायात व्यवसायीले बैशाख ५ गते केन्द्रदेखि ७ वटै प्रदेशमा पत्रकार सम्मेलन गरी आन्दोलनको सुरुवात गरेका छन्। बैशाख १४ र १५ गते सबै जिल्ला सदरमुकाम र काठमाडौं उपत्यकामा गाडी क्यू फ्रीमा छाड्ने, १६ गते देशभरका यातायात कार्यालय घेराउ गर्ने र २१ गते आफ्ना गाडी घर र ग्यारेजमा थन्क्याउने आन्दोलनको कार्यक्रममा उल्लेख छ।
बैशाख २७ गतेदेखि अर्को निर्णय नभएसम्म उनीहरूले गाडी नचलाउने निर्णय गरेका छन्। २७ गतेदेखि आमहड्ताल गर्ने चेतावनी दिए पनि उनीहरूलेआफ्ना गाडी घर ग्यारेजमा थन्क्याउने भन्ने जस्ता कुटनीतिक भाषा प्रयोग गरेका छन्।
आन्दोलनका कार्यक्रम तल हेर्नुहोस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












