प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण
लहान, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
विद्यालय भर्ना अभियान २०७५ अन्तर्गत आज सिरहाको कल्याणपुरस्थित रामदुलारी माविमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली रुपाकुमारी खत्बे र पवन मरिक डुमको अभिभावकत्व ग्रहण गर्दै ती विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत प्रदान गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले दलित विपन्न परिवारका बालबालिका अझैसम्म विद्यालय बाहिर रहेकाले विद्यालयसम्म ल्याउन आफूले अभिभावकत्व ग्रहण गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताउँदै भर्ना अभियानअन्तर्गत विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
निरक्षरता उन्मूलनमा आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन सबैमा अपिल गर्दै उहाँले निरक्षरता उन्मूलन गरी नेपाललाई साक्षर मुलुक घोषणा गर्ने लक्ष्य सरकारले लिएको बताउनुभयो ।
तराईमा क्रियाशील समूहलाई राजनीतिक मूल प्रवाहमा आउन आग्रह गर्दै उहाँले भन्नुभयो – “अब आर्थिक क्रान्तिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको छ ।”
सडक पूर्वाधार, खानेपानी र स्वास्थ्यजस्ता अति महत्वपूर्ण योजना सञ्चालन भइसकेको र अब यस्ता कार्यमा ढिलासुस्ती गर्नेलाई सरकारले छुट नदिने पनि उहाँले बताउनुभयो ।
सो अवसरमा संघीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दलित छात्र सोनुकुमार खत्बेको अभिभावकत्व ग्रहण गर्दै अब विद्यालय भर्ना भएकै दिन विद्यार्थीले सहजरुपमा पाठ्यपुस्तक प्राप्त गर्ने विश्वास दिलाउनुभयो ।
उहाँले पाठ्यपुस्तक वितरण भइरहेको कमिसनको खेल रोक्न सरकार लागिपरेको उल्लेख गर्दै विद्यालय भर्ना अभियानसँगै अब घरदैलो अभियानसमेत सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
प्रदेश नं २ प्रदेश करीव दुई लाख बालबालिका विद्यालय बाहिर रहेको सार्वजनिक भए पनि शिक्षा मन्त्रालयको तथ्याँकअनुसार एक लाख ५३ हजार बालबालिका मात्र विद्यालय बाहिर रहेको दाबी गर्दै उहाँले भन्नुभयो – “बालबालिकालाई विद्यालयसम्म ल्याउन भर्ना अभियान सञ्चालन गरिएको हो ।”
सोहीअवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले अर्का दलित छात्र राहुलकुमार खत्बेलाई विद्यालय भर्ना गराउँदै शिक्षाको पहुँचबाट कोही बञ्चित नहोस् भनेर सरकारले शुरु गरेको भर्ना अभियान सहभागी हुन सबैसँग आग्रह गर्नुभयो ।
अन्य प्रदेशभन्दा प्रदेश नं २ हरेक दृष्टिकोणबाट पछाडि रहेकाले यो प्रदेशलाई विशेष प्राथमिकता दिएर बजेट उपलब्ध गराउन उहाँले मागसमेत गर्नुभयो । कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दलित छात्रा मनिषाकुमारी डुमको अभिभावकत्व ग्रहण गर्नुभयो । यसैगरी, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले पाँच जना र शिक्षा विभागका तारक धितालले १० जना दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












