युवा लक्ष्यित ‘सुशील श्री पुरस्कार’ स्थापना
काठमाडौँ, ९ वैशाख । सुशील कोइराला मेमोरियल फाउण्डेसनले भोलिको नेपालको मार्गचित्र निर्माणमा युवालाई प्रत्यक्ष रुपमा सरिक गराउन रु एक लाख राशिको ‘सुशील श्री पुरस्कार’ स्थापना गरेको छ ।
स्थापनाकालदेखि नै सिर्जनात्मक कार्य गर्र्दै आएको फाउण्डेसनले आज पत्रकार सम्मेलन गरी नेपालसम्बन्धी युवाको बुझाइ, दृष्टिकोण र नेतृत्व क्षमतालाई लेखमार्फत उत्कृष्ट ढंगले व्यक्त गर्ने लेखकलाई उक्त पुरस्कारबाट सम्मानित गरिने जानकारी गराएको हो ।
कार्यक्रममा फाउण्डेसनका सदस्य सचिव अतुल कोइरालाले यसवर्ष राष्ट्रव्यापी लेख प्रतियोगिता आयोजना गरी युवाको विचार र चिन्तनको संवाहकका रुपमा यो पुरस्कारलाई अघि बढाउने निर्णय गरिएको बताउनुभयो ।
नेपालको सामाजिक धरातल, जनजीविका र पर्यावरणको यथार्थ प्रतिविम्बन हुने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै जागरण फैलाउने अभियानमा युवालाई सरिक गराउनु पुरस्कारको प्रमुख उद्देश्य भएको उहाँले जानकारी गराउनुभयो ।
फाउण्डेसनले पुरस्कारका लागि ‘लोकतान्त्रिक नेपालको सामाजिक तथा आर्थिक विकासमा युवाको भूमिका’ विषय निर्धारण गरेको छ । लेख नेपाली वा अंग्रेजी भाषामा सात हजारदेखि आठ हजार शब्दको हुनुपर्ने छ ।
भाग लिने व्यक्तिको उमेर समूह २० देखि ३५ वर्ष राखिएको छ भने पुरस्कार छनौटका लागि प्रा डा जयराज आचार्यको अध्यक्षतामा विभिन्न क्षेत्रका विज्ञसहितको समिति गठन गरिएको छ ।
छनोट समितिका अध्यक्ष आचार्यले मुलुकमा बौद्धिकतासँग सम्बन्धित संस्थाको खडेरी पर्दै गएको सन्दर्भमा मुलुकको चौतर्फी विकासका लागि अध्ययन अनुसन्धान गर्ने संस्थालाई उत्प्रेरित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सरकारले युवालाई केन्द्रित गरी कार्यक्रम ल्याउन नसकेकाले दैनिक सयाँै युवा बाध्य भएर कामका लागि विदेशिनु परेको उहाँले बताउनुभयो । उहाँका अनुसार लेखमा देशको वर्तमान अवस्थाको विश्लेषण, त्यसका चुनौती, देशका लागि आफ्नो सपना, सपनालाई यथार्थ बनाउने तरिका, भोलिको लोकतान्त्रिक नेपालकोे विकासमा आफ्नो सहभागिता तथा योगदान जस्ता विषय समावेश गर्नुपर्ने छ ।
समितिका सदस्य एवं शिक्षाविद् डा डिल्ली रिमालले युवा वर्गको सोच, नेतत्व क्षमता पहिचान गर्न र सक्षम नेतृत्वलाई उचित मञ्च प्रदान गर्न पुरस्कारबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
लेख आगामी असार १ देखि ८ गतेसम्म बुझाइसक्नुपर्ने छ । आगामी असार ३१ गते विश्व युवा दक्षता दिवसका दिन विजेताको घोषणा गरिने छ ।(रासस)
Comments
अरु समाचार
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...













