युवा लक्ष्यित ‘सुशील श्री पुरस्कार’ स्थापना
काठमाडौँ, ९ वैशाख । सुशील कोइराला मेमोरियल फाउण्डेसनले भोलिको नेपालको मार्गचित्र निर्माणमा युवालाई प्रत्यक्ष रुपमा सरिक गराउन रु एक लाख राशिको ‘सुशील श्री पुरस्कार’ स्थापना गरेको छ ।
स्थापनाकालदेखि नै सिर्जनात्मक कार्य गर्र्दै आएको फाउण्डेसनले आज पत्रकार सम्मेलन गरी नेपालसम्बन्धी युवाको बुझाइ, दृष्टिकोण र नेतृत्व क्षमतालाई लेखमार्फत उत्कृष्ट ढंगले व्यक्त गर्ने लेखकलाई उक्त पुरस्कारबाट सम्मानित गरिने जानकारी गराएको हो ।
कार्यक्रममा फाउण्डेसनका सदस्य सचिव अतुल कोइरालाले यसवर्ष राष्ट्रव्यापी लेख प्रतियोगिता आयोजना गरी युवाको विचार र चिन्तनको संवाहकका रुपमा यो पुरस्कारलाई अघि बढाउने निर्णय गरिएको बताउनुभयो ।
नेपालको सामाजिक धरातल, जनजीविका र पर्यावरणको यथार्थ प्रतिविम्बन हुने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै जागरण फैलाउने अभियानमा युवालाई सरिक गराउनु पुरस्कारको प्रमुख उद्देश्य भएको उहाँले जानकारी गराउनुभयो ।
फाउण्डेसनले पुरस्कारका लागि ‘लोकतान्त्रिक नेपालको सामाजिक तथा आर्थिक विकासमा युवाको भूमिका’ विषय निर्धारण गरेको छ । लेख नेपाली वा अंग्रेजी भाषामा सात हजारदेखि आठ हजार शब्दको हुनुपर्ने छ ।
भाग लिने व्यक्तिको उमेर समूह २० देखि ३५ वर्ष राखिएको छ भने पुरस्कार छनौटका लागि प्रा डा जयराज आचार्यको अध्यक्षतामा विभिन्न क्षेत्रका विज्ञसहितको समिति गठन गरिएको छ ।
छनोट समितिका अध्यक्ष आचार्यले मुलुकमा बौद्धिकतासँग सम्बन्धित संस्थाको खडेरी पर्दै गएको सन्दर्भमा मुलुकको चौतर्फी विकासका लागि अध्ययन अनुसन्धान गर्ने संस्थालाई उत्प्रेरित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सरकारले युवालाई केन्द्रित गरी कार्यक्रम ल्याउन नसकेकाले दैनिक सयाँै युवा बाध्य भएर कामका लागि विदेशिनु परेको उहाँले बताउनुभयो । उहाँका अनुसार लेखमा देशको वर्तमान अवस्थाको विश्लेषण, त्यसका चुनौती, देशका लागि आफ्नो सपना, सपनालाई यथार्थ बनाउने तरिका, भोलिको लोकतान्त्रिक नेपालकोे विकासमा आफ्नो सहभागिता तथा योगदान जस्ता विषय समावेश गर्नुपर्ने छ ।
समितिका सदस्य एवं शिक्षाविद् डा डिल्ली रिमालले युवा वर्गको सोच, नेतत्व क्षमता पहिचान गर्न र सक्षम नेतृत्वलाई उचित मञ्च प्रदान गर्न पुरस्कारबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
लेख आगामी असार १ देखि ८ गतेसम्म बुझाइसक्नुपर्ने छ । आगामी असार ३१ गते विश्व युवा दक्षता दिवसका दिन विजेताको घोषणा गरिने छ ।(रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













