बर्खायाममा पानीजन्य रोगको जोखिम, पानी उमालेर तथा शुद्धीकरण गरेर प्रयोग गर्न चिकित्सकको सुझाव

काठमाडौं, १० वैशाख । । बर्खा लागेसँगै पानीजन्य रोगको जोखिम बढ्ने गरेको छ । पानीका मुहानमा वर्षाको समय जनावरका मलमूत्र अनि ढल मिसिने भएकाले रोग सर्ने जोखिम उच्च हुन्छ । बर्खायाममा दैनिक प्रयोग गरिने पानी दूषित हुँदा झाडापखाला, बान्ता, भाइरल ज्वरो, आउँ, भाइरल हेपाटाइटिस जस्ता रोग लाग्ने डर हुन्छ दूषित पानीको प्रयोगले विशेषगरी झाडापखाला, भाइरल ज्वरो, आउँ, टाइफाइडको खतरा रहने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ट्रपिकल मेडिसियन फिजियसन डा. अनुप बास्तोलाले बताउनुभयो ।
डा. बास्तोला भन्नुहुन्छ, ‘धानको खेतमा काम गर्दा संक्रमित मुसाको पिसाब रहेछ भने स्क्रब टाइफस सर्ने पनि हुन्छ ।’ बर्खायाममा दैनिक प्रयोग गरिने पानी दूषित हुँदा झाडापखाला, बान्ता, भाइरल ज्वरो, आउँ, भाइरल हेपाटाइटिस जस्ता रोग लाग्ने डर हुन्छ ।
गर्मी मौसममा यी रोगका ब्याक्टेरिया सक्रिय हुने भएकाले पनि जोखिम हुने डा. बास्तोला बताउनुहुन्छ । झाडापखालाका बिरामी मात्र दैनिकजसो ५र६ जना आउने गरेको डा. बास्तोलाले बताउनुभयो ।
गर्मी महिनामा यी रोगका बिरामी अझ बढ्छन् । उसै त गर्मी मौसममा रोगको संक्रमण छिटो फैलन्छ त्यसोमा दूषित पानीको प्रयोगले यो सम्भावनालाई थप गर्छ । यी सबै रोगबाट बच्न पानी उमालेर तथा शुद्धीकरण गरेर मात्र प्रयोग गर्न डा. बास्तोलाको सुझाव छ ।
यसका साथै साबुन पानीले हात धुने गरेमा पनि यी रोगबाट बच्न सकिन्छ । दिसा गरीसकेपछि, खाना खानुभन्दा पहिला, खाना बनाउनु अघि र खाना सर्भ गर्नु पहिला साबुन पानीले हात धुनु आवश्यक छ ।
बर्खायाममा पानीजन्यसँगै खानाजन्य रोगको जोखिम उत्तिकै रहन्छ । सुन्दा सामान्य लागेपनि झाडापखाला, भाइरल ज्वरो लगायत रोगले जटिल रुप लिए मानिसको ज्यानै जान समेत सक्छ । त्यसैले पानीलाई उमालेर तथा शुद्धीकरण गरेर मात्र प्रयोग गर्न सके धेरै रोगबाट बच्न अनि बचाउन सकिन्छ ।
Comments
अरु समाचार
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...












