धरानमा एक राउण्ड गोली चल्यो, ज्यान मुद्दाका फरार अभियुक्त समातिए

काठमाडौं, ११ वैशाख । प्रहरीले धरानमा फरार अभियुक्तलाई पक्राउ गर्न मंगलबार दिउँसो एक राउण्ड गोली चलाएको छ ।
धरान–१५ स्थित श्याम चोक र पानबारीको बीचमा रहेको जंगलमा प्रहरीले चोली चलाएर कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय कुम्वे राई रहेका छन् । उनलाई लखेट्दै गएको प्रहरी टोलीलाई राईले ढुंगा प्रहार गर्न थालेपछि एक राउण्ड फायर गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले बताउनु भयो ।
यसअघि सोमबार साँझ कुम्वेको समूहले पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पढ्दै गरेका विद्यार्थी सुजन खड्का र प्रदीप सापकोटालाई छुरा प्रहार गरेका थिए ।
खड्कालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ । सापकोटाको स्थिति भने सामान्य छ ।
घटनामा संलग्न रहेका कुमार र विज्ञान लिम्बु सोमबारै पक्राउ परेका थिए । उनीहरुमाथि ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाइएको छ ।
सामान्य रिसिबीका क्रममा उनीहरुले दुई जनालाई छुरा प्रहार गरेका थिए ।
Comments
अरु समाचार
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...












