शुल्क नियन्त्रण गर्न शिक्षामन्त्रीको स्थानीय तहलाई आग्रह
काठमाडौँ, ११ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संस्थागत (निजी) विद्यालयले आफूखुशी लिइरहेको शुल्क नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।
जनप्रतिनिधिसहित मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पोखरेलले संस्थागत विद्यालय शुल्क निर्देशिका, २०७२ को सीमामा रहेरमात्र निजी विद्यालयले शुल्क लिनुपर्नेमा त्यसको सीमा उल्लङ्घन भएको पाइएकाले आवश्यक कारवाही गर्न आग्रह गर्नुभयो र त्यसमा संघीय सरकारको साथ रहेको स्पष्ट गर्नुभयो । संविधानतः विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहको हो ।
उहाँले सामुदायिक विद्यालयको स्तरवृद्धि नगरी मुलुकको शिक्षामा परिवर्तन नहुनेतर्फ आफू सचेत रहेको र त्यससम्बन्धी नीति, कानून र योजनाको तयारी भइरहेको जानकारी दिँदै प्रदेश र स्थानीय तहका लागि आवश्यक शिक्षासम्बन्धी नमूना कानूनको पनि तर्जुमा गरिने बताउनुभयो । मन्त्रालयले संस्थागत विद्यालयसम्बन्धी विद्यमान नीति र शुल्क निर्धारण मापदण्डबारे जानकारी गराएको थियो ।
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार स्थानीय तहलाई अधिकार निक्षेपण गर्ने दिशामा अग्रसर भएको र माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नतिजालाई असर पर्ने भनिएकाले हाललाई जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइ राखिएको स्पष्ट गर्नुभयो ।
मन्त्रालयका सचिव खगराज बरालले संघीयता संक्रमणको चरण भएकाले सबै सरकारबीच समन्वय गरेर शिक्षाको अधिकार कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न महानगर र नगरपालिकाका प्रतिनिधिले शिक्षाका सबै अधिकार तल नआएको, कर्मचारी अपुग भएको र सामुदायिक विद्यालयका शिक्षकको जथाभावी सरुवा गरिएको गुनासो गर्नुभयो । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













