वर्षात् अगाडि नै निजी आवास कार्य सम्पन्न भइसक्छ – रेडक्रस
काठमाडौँ, १२ वैशाख । नेपाल रेडक्रस सोसाइटीले आफ्नो जिम्माको भूकम्पबाट क्षति पुगेका निजी आवासको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रेडक्रसलाई सात हजार ३९३ निजी आवास निर्माण गर्न अनुमति दिएको थियो । तीमध्ये तीन हजार २७७ निजी घर निर्माण सम्पन्न भइसकेको रेडक्रसद्वारा आज यहाँ आयोाजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विभिन्न देशका रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्प प्रतिकार्य कार्यक्रममार्फत निजी आवास, खानेपानी र सरसफाइ, आयआर्जन– जीविकोपार्जन र स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको छ ।
“वर्षात्को समयअघि नै हामीले जिम्मा लिएका निजी आवास निर्माण कार्य सम्पन्न गर्छाँै,” पत्रकार सम्मेलनमा रेडक्रसका अध्यक्ष सञ्जीव थापाले भन्नुभयो । ती आवास निर्माणका लागि सरकारको निर्णयअनुसार रु एक अर्ब २९ करोड अनुदान सहयोग उपलब्ध गराइसकिएको छ । सुरक्षित आवास निर्माण गर्न करीब ६ हजार भूकम्पपीडितलाई कालिगढ÷सिकर्मी तालीम र करीब ७० हजारलाई चेतनामूलक सन्देश प्रवाह गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अर्कातर्फ तीनवटा विद्यालयको पुनःनिर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिसकिएको र सातवटा विद्यालयको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पत्रकार सम्मेलनमा भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालले भूकम्प अति प्रभावित जिल्लामा स्वास्थ्य संस्था पुनःनिर्माणअन्तर्गत धुन्चेस्थित रसुवा जिल्ला अस्पताल तथा स्वास्थ्यकर्मी आवासगृह पुनःनिर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको जानकारी दिनुभयो ।
यसैगरी, नौवटा स्वास्थ्य संस्था हस्तान्तरण भइसकेको र बाँकी नौवटाको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार सेवासम्बन्धी अभिमुखीकरणका साथै स्वास्थ्य संस्थालाई आवश्यक उपकरण पनि सहयोग गरेको संयोजक ढकालले जानकारी दिनुभयो ।
खानेपानी योजनाको हस्तान्तरण जारी
भूकम्पले क्षति पु¥याएका खानेपानी संरचनामध्ये हालसम्म १४७ योजना सम्पन्न भएका र ती योजनासँगै करीब ६ हजार चर्पी निर्माणमा आर्थिक एवं प्राविधिक सहयोग गरिएको संयोजक ढकालले जानकारी दिनुभयो ।
“खानेपानी योजना सम्पन्न हुँदा भूकम्पपीडितलाई आवास निर्माण, खेतीपाती र पशुपालनमा सहयोग पुगेको छ,” उहाँले भन्नुभयो ।
भूकम्पपछिका मानवीय सेवाका गतिविधिबारे जानकारी गराउँदै ढकालले भूकम्प अति प्रभावित क्षेत्रका २५ हजार ९०१ परिवारलाई जीविकोपार्जनमा सघाउन नगद सहयोग गरिएको बताउनुभयो । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












