काठमाडाैं,१३ वैशाख । यातायात व्यवस्था विभागले अब ट्याक्सी व्यवसायीलाई अनलाइन सर्भिस बुकिङ सिस्टममा लाने अनिवार्य तयारी गरेकाे छ । यात्रुलाई सहज तथा तोकिएकै भाडामा यात्रा गर्ने वातावरण तयार गर्न ट्याक्सी सेवामा सुधारको योजना बनाइएको विभागले जनाएकाे छ।
साथै विभागले अब सबै खाले ट्याक्सीमा पहेँलाे रँग भएकाे अक्षर राख्ने पनि बताएकाे छ । फरक फरक रँग भएकाे अक्षरले (ट्याक्सी) लेख्दा यात्रु झुक्किने भएकाले एकै खालकाे रँग (पहेँलाे ) ले लेखिने बताएकाे छ।
मिटर बिलिङलाई प्रभावकारी बनाउन पोशाक तोक्ने र मिटर बिलिङलाई अनिवार्य गर्दै अनलाइन बुकिङ सिस्टम लागू गर्ने विभागले जनाएको छ । ट्याक्सीमा अनलाइन बुकिङको योजना बारे छलफल गर्न ट्याक्सी ब्यावसायीहरुलाई बिहीबार विभागमा बोलाइएको छ ।













