डडेल्धुराका जंगलमा आगलागी
डडेल्धुरा, १३ वैशाख। बढ्दै गएको गर्मीसँगै डडेल्धुराका जंगलमा आगलागी हुन थालेको छ । सुख्खायामको शुरुवात भएसँगै डडेल्धुरामा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा केही दिन यतादेखि आगलागी हुन थालेको छ ।
जिल्लाको भित्री मधेश र पहाडी क्षेत्रका वनमा आगलागी हुन थालेसँगै आकाश तुवाँलोले ढाक्न थालेको छ । जिल्ला वन कार्यालय डडेल्धुराले आगलागी नियन्त्रणका लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गरेको भए पनि सामुदायिक वनका उपभोक्ताले सहयोग नगर्दा वनमा हुने आगलागी नियन्त्रण हुन नसकेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।
विगतका वर्षभन्दा आगलागीमा केही कमी आएको भए पनि नियन्त्रण भने हुन सकेको छैन । सल्लाको पिरोलका कारण वनमा घाँस नपलाउने र गाई गोरु चिप्लिएर लड्छन् भन्ने सोचका कारण स्थानीय उपभोक्ताले नै वनमा आगो लगाउने गरेका छन् ।
आगलागीका कारण वर्षेनी हजारौँ क्यूफिट काठ जलेर नष्ट हुने गरेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । खोटो संकलन गर्ने कम्पनीहरुले पनि आगलागीलाई नियन्त्रण नगर्ने गरेको जनगुनासो आउने गरेको छ । जिल्लाका कालापथ्थर सामुदायिक वन, त्रिशूल सामुदायिक वनका साथै रुवाखोला र अन्य क्षेत्रमा समेत आगोका कारण वन सखाप भएको उपभोक्ताले जनाएका छन् ।
जिल्ला वन कार्यालय डडेल्धुराले जनचेतना जगाउने काम गरिरहेको भए पनि सामुदायिक वन र खोटो संकलन गर्ने कम्पनीले भने वन विकासका लागि कुनै रकम खर्च नगर्ने गरेको पाइएको छ । रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













