सन्दर्भ : भूकम्पको तीन वर्ष दक्ष जनशक्ति र झन्झटिलो सरकारी अनुदानले पुनःनिर्माणमा कठिनाइ
काठमाडौँ, १३ वैशाख । भूकम्प कारण विनास भएका निजी आवास पुनःनिर्माण गर्न दक्ष जनशक्तिको अभाव र सरकारद्वारा अनुदान रकम दिन निकै झन्झटिलो भएका कारण घर निर्माणमा कठिनाइ देखिएको छ ।
तीन वर्षअघि वैशाख १२ र २९ गते गएको भूकम्पले दोलखाको सदरमुकामका अधिकांश घर भत्काएको थियो । सदरमुकामका केही पक्की घरबाहेक सबै भौतिक संरचना पूर्णरुपमा नष्ट भएको थियो । निजी आवास निर्माणका क्रममा खासगरी दक्ष कामदार र सरकारबाट अनुदान रकम लिने प्रक्रिया झन्झटिलो हुँदा कठिनाइ भएको हो ।
भीमेश्वर नगरपालिका–१ का भूकम्पपीडित भक्ता थामीले निजी निवास निर्माण गर्न दक्ष कामदार नपाइएको गुनासो गर्नुभयो । “स्थानीय कामदारले काम गरेर पुग्दैन, बाहिरबाट कामदार ल्याएर काम गर्नुपरेको छ, सरकारी मापदण्डअनुसारको घर निर्माण गर्न घर सानो तर खर्च बढी छ”, उनले थपे ।
निजी आवास निर्माणका लागि सरकारी अनुदान किस्ता किस्तामा लिनुपर्ने हुन्छ । जुन एक किस्ताको काम पूरा गरेपछि मात्र अर्को किस्ता पाउने भएकाले काममा ढिलाइ हुन्छ । रकम लिने प्रक्रिया पनि झन्झटिलो छ ।
बाहिरी कामदार ल्याउनुपर्ने बाध्यता
भूकम्पका कारण एकै पटक धेरै निजी आवास निर्माण गर्नुपर्ने भएको हुँदा ठूलो संख्यामा कामदार चाहिन्छ । जुन स्थानीयवासीले मात्र सम्भव छैन । स्थानीय कामदारले पनि निकै चर्को पारिश्रमिक मागेपछि बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता दोलखामा देखिएको छ ।
पुनःनिर्माणका लागि आवश्यक सामग्री जुटाउन कठिन छ । स्थानीय कामदारको संख्या कम र बढी महँगो भएका कारण कामदार बाहिरबाट ल्याएर काम गर्नुपर्ने बाध्यता भएको हो । दोलखाका जिल्लामा पुनःनिर्माणका लागि पश्चिम बंगाल भारत, प्यूठान, बर्दिया, बाँकेलगायतका जिल्लाका कामदारले काम गरिरहेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेका अनुसार प्रत्येक गाउँमा पुनःनिर्माणका लागि निजी आवास, विद्यालय वा अन्य सरकारी कार्यालय निर्माणमा बाहिरबाट करीब पाँच हजारभन्दा बढी बाहिरबाट आएका छन् ।
“स्थानीय कामदारलाई काममा लगाउन धेरै महँगो छ, उनीहरूले दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म लिने गरेका छन् तर बाहिरबाट मगाएका कामदारले दैनिक रु ७०० मा काम गरिरहेका छन्”, भीमेश्वर नगरपालिका–१ का स्थानीय विदुर शिवाकोटीले सुनाए ।
आवश्यकताअनुसार बनेनन निजी आवास
सरकारले भूकम्प प्रतिरोधी घर बनाउने अभियानमा धेरैखालको नक्सा तयार गरेको छ तर जुनखालको नक्साअनुसार प्राविधिकले तालीम लिएका छन् । त्यहीअनुसार घर निर्माण गर्न खोज्ने भएकाले घरमुलीको आवश्यकताअनुसारको घर निर्माण गर्न समस्या परेको छ ।
ग्रामीण आवश्यकतालाई पूर्ति नगर्ने गरी धेरैजसो दुई कोठाका घर निर्माण भएकाले घरायसी सामान राख्नका लागि छेउछाउमा कटेरो बनाउनुपर्ने र खाना पकाउने छुट्टै ठाउँ बनाउनुपर्ने भएकाले भूकम्पपीडितले घर बनाइसकेको भए पनि दोहोरो घर निर्माण गर्नुपर्ने बाध्यता छ । भूकम्प प्रतिरोधी घर साना भएकाले सबै सामान अट्दैन ।
जिल्ला समन्वय समितिका प्रमुख पाण्डेका अनुसार पीडितमा पनि शुरुमा अलि ठूलो आकारको घर चाहिन्छ भन्ने जागरण नआएकाले दोहोरो घर बनाउनुपर्ने मारमा परेका छन् भने पुनःनिर्माण गर्दा घरको नापजाँच गर्ने प्राविधिक समयमा नपुग्दा पनि निर्माण कार्यमा ढिलाइ भएको छ ।
परनिर्भरता बढायो
तीन वर्षअघिको विनाशकारी भूकम्पले थुप्रै धनजनको क्षति भएकाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले राहतसामग्री वितरण गरे । घर बनाउनका लागि सरकारले रु तीन लाख दिने निर्णय ग¥यो र विभिन्न गैरसरकारी संस्थाले पनि निजी आवाससमेत निर्माण गर्ने चासो देखाएकाले भूकम्पपीडितमा परनिर्भरता बढेको हो ।
भूकम्प पीडित सम्पन्न भए पनि अति पीडित भएको देखाएर सहयोग माग्नुका साथै सामान्य टुटफूटमा पनि सहयोग खोज्नेजस्तो सोच बढेकाले काम सधैँ अरुले गरिदियोस् भन्ने सोचको विकास हटाउन जरुरी छ भन्छन् जिल्ला समन्वय समितिका प्रमुख पाण्डे । रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













