वैदेशिक रोजगार ठगीबाट युवा झनै पीडित
काठमाडौँ, १३ वैशाख । झापाका २७ वर्षीय महेश यादव (नाम परिवर्तन) र इटहरीका ३१ वर्षीय हरि खड्का (परिवर्तित नाम) गत अघिल्लो वैशाख महिनामा कोरिया जान धादिङका रमेश दनुवार (नाम परिवर्तन) लाई रु दुई लाख दिनुभएको थियो ।
गत चैत महिनामा कोरिया जाने मिति तय गरियो । पीडित यादव काठमाडौँ आउनुभयो तर उहाँलाई एकछिन लजमा बस्दै गर्नु म आउँछु भनेर गएका दनुवार २० दिन बितिसक्दा पनि फर्कैर आएनन् ।
पीडित यादव र खड्कासँग न लजमा तिर्ने पैसा नै थियो नत खानका लागि । दुबैजना साउदीमा आठ वर्ष सँगैबसेर काम गरी नेपाल फर्किनुभउको थियो । नेपाल फर्किएको दुई वर्षपछि दनुवारले यादव र खड्कासँग कोरिया पठाउने काम आफूले गरेको भन्दै रकम लिएका थिए ।
एक महिनासम्म अलपत्र परेपछि पीडित दुवै महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरीका लागि आउनुभयो ।
“साथी भनेर विश्वास गर्नु हाम्रो सबैभन्दा ठूलो गल्ती भयो”, पीडित यादवले भन्नुभयो, “रकम फिर्ता दिन्छु भनी उसले फोन त गरेको थियो, तर मोबाइल नै बन्द गरेर बसेपछि हामी प्रहरीसम्म आइपुगेका हौँ ।” कहिलेकाहीँ पीडकको फोन लागे पनि उसले परिवारलाई उठाउन दिने गरेको उहाँले रासससँगको कुराकानीमा भन्नुभयो । दुबैजनाले विद्यार्थी भिसामा कोरिया जानका लागि दनुवारलाई रकम दिएका थिए ।
यादव र खड्का वैदेशिक रोजगारमा ग ठगिनुभएका उदाहरणका पात्रमात्र हुनुहुन्छ । वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७४÷७५ चैत मसान्तसम्मको तथ्यांकअनुसार व्यक्तिगततर्फ ८१८ र संस्थागततर्फ ७६९ गरी जम्मा एक हजार ५८७ थान वैदेशिक रोजगारका क्षेत्रमा भएका ठगीका उजुरी परेका छन् ।
ती उजुरीमध्ये व्यक्तिगततर्फ अदालतमा १५७ मुद्दा दायर भएका छन् भने संस्थागततर्फ १७४ मुद्दा दायर भएका हुन् । संस्थागत र व्यक्तिगतमात्र नभई अवैधानिक रुपमा वैदेशिक रोजगारमा पठाउन खोजेमा तिनीहरुलाई सिधै विभागले कारवाही गर्ने गरेको छ ।
इजाजत प्राप्त संस्थाबाट भएका गल्तीको उजुरी विभागमा आउने गरेको विभागका सूचना अधिकारी शशिकुमार लम्सालले बताउनुभयो । तीमध्ये कहिलेकाहीँमात्र कामदारको गल्तीका उजुरी भेट्ने गरेको उहाँले जानकारी दिनुभयो ।
“प्राप्त उजुरीमध्ये कामदारको पक्षमा नै धेरैजसो सुनुवाइ हुने गरेको छ ।” उहाँले भन्नुभयो । वैदेशिक रोजगार विभागले ठगीमा परेकालाई उद्धार गर्दै पनि आएकोे उहाँले जानकारी दिनुभयो । विभागले प्रहरीको अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा विभागमा आएका उजुरीमाथि कारवाही गर्ने गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँमा ६० प्रतिशतभन्दा बढी वैदेशिक रोजगारसंग सम्बन्धित ठगीका मुद्दा दर्ता हुने गरेको परिसरका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । “छिट्टै पैसा कमाउने अभिलाषाले नै मानिसहरु ठगीमा पर्ने गरेका छन्”, उहाँले भन्नुभयो ।
वैदेशिक रोजगार सुरक्षित र मर्यादित हुनु जरुरी छ । सरकारले ठगी गर्ने व्यक्ति तथा संस्थालाई कडा कारवाही गर्ने कानून बनाए यस्ता ठगीका घटना कम हुने थिए । (रासस)
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...













