अख्तियारका तत्कालिन प्रमुख अायुक्त दिप बस्न्यातले मेरो आय ब्यय बंग्याए : चुडामणि शर्मा
काठमाडौं, ३ जेठ । आन्तरिक राजश्व विभागका निलम्वित महानिर्देशक चुडामणि शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफुसंग भएको सम्पत्तिको आय र ब्यय बंग्याएर बदनाम गर्ने प्रपञ्च रचेको बताएका छन् ।
शर्माले ०४२ सालदेखि आफुमा भएको ज्ञान, बुद्धि, सीप, विवेक, मेहनत र संघर्षले वैधानिक आयआर्जन गरी सामान्य जीवन यापन गर्दै आएको कर्मचारीलाई अख्तियारका तत्कालिन प्रमुख आयुक्त दिप बस्न्यातले आफ्नो निहित स्वार्थका लागि फसाउने रणनीति बनाएको दावी गरे ।
‘कडा परिश्रम र पौरख गरि जिविकोपार्जन गरिरहेको इमान्दार, मेहनती, राष्ट्रप्रति वफादार, नैतिकवान, कर्तव्यनिष्ट कर्मचारीलाई अख्तियारका प्रमुख आयुक्त दिप बस्न्यातको निहित स्वार्थका लागि फसाउने काम भएको छ’ शर्माले न्युज नेपालसंगको कुराकानीमा भने ।
अख्तियारले आफुमाथि पदीय मर्यादा विपरित भ्रष्टाचार गरेर अकुत सम्पति कमाएको आरोपमा विशेष अदालत बबरमहलमा आरोपपत्र दायर गर्दा सम्पत्तिको मूल्यांकन तथा अनुसन्धान सम्बन्धी कार्य निर्देशिका २०७० तथा प्रचलित कानुन, मूल्य मान्यता, मापदण्ड तथा अभ्यासलाई वेवास्ता गरेको बताए । ‘वास्तविक आय घटाएर न्यून बनाई बास्तविक रकम बंग्याएर मुद्दा दायर भएको छ । घर निर्मँणमा १ करोड २ लाख ३४ हजार १ सय ८० रूपैया खर्च लागेपनि २ करोड ६ लाख ४७ हजार ८ सय ९१ रूपैया खर्च भएको देखाइएको छ’ शर्माले भने ‘४७ लाख १३ हजारमा खरिद गरेको रजिष्टेशन लिखतलाई १ करोड २३ लाख १३ हजारमा किनेको देखाइएको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएवापत २३ लाख ९३ हजार १ सय २३ रूपैया ब्याज तिरेपनि ३३ लाख ८९ हजार ३ सय ६५ रूपैया तिरेको देखाई झुठ्ठा र गलत तथ्याङ्क देखाएर आरोपपत्र दायर गरिएको छ ।’
घर निर्माण गर्दा आफुले सहरी विकास तथा भवन निर्माण विभागले बनाएको मापदण्डलाई पूर्णरुपमा परिपालन गरेपनि अख्तियारबाट खटिएका घर निर्माण मूल्यांकन प्राविधिकले आफ्नो पेशागत मूल्य मान्यता विपरित हचुवाको आधारमा मनोमानी ढंगले घर निर्माणको कुल मनोमानी ढंगले घर निर्माणको कुल लागत बताइदिएको आरोप शर्माले लगाए ।
शर्मासंगको अन्तर्वाता हामी केहि समयपछि प्रकाशन गर्ने छौ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












