व्यवसायीद्वारा समिति विघटनको माग
लहान, ४ जेठ। सिरहाको लहानका उद्योगी व्यापारीले जिल्ला उद्योग वाणिज्य संघ कार्यसमितिलाई कारबाही गर्न माग गरेका छन् ।
उद्योगी व्यवसायीले इलाका प्रशासन कार्यलय लहानमा निवेदन दत्र्ता गराएका छन् । सोनाली जेनरल स्टोरका सञ्चालक रामऔतार शर्मा, मुन्ना कपडा पसलका सञ्चालक रियासत लिमि र न्यू कृष्णा हार्डवेयरका सञ्चालक अजयकुमार चौधरीले संयुक्त रुपमा इलाका प्रशासन कार्यालयमा निवेदन दत्र्ता गराएका हुन् ।
संघका अध्यक्ष सुनिलकुमार महतो सहितका पदाधिकारीले पदीय लोभ लालचमा परी आर्थिक हिनामिना गरेको आरोप लगाउँदै उक्त कार्य समितिलाई पदमुक्त गरी आर्थिक कारोबार समेत बन्द गर्न माग गरिएको छ । संघको विधान २०६७ को परिक्षेद ४ को दफा १६(२) अनुसार कार्यसमितिको कार्यकाल तीन वर्ष रहेपनि गत २०६८ साल पुस २८ गते सम्पन्न साधारणसभाबाट निर्वाचित संघका अध्यक्ष महतो लगायतका कार्यसमितिका पदाधिकारीको पदावधि सकिए पनि साधारणसभा नगरी आफ्नो म्याद आफै बढाउँदै आएको आरोप लगाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौँं, जिल्ला प्रशासन कार्यलय सिरहा र लहान नगरपालिकाको कार्यलयलाई बोधार्थसहित दर्ता गराइएको उक्त निवेदनमा नेपाल उद्योग वाणिज्य संघको रोहवरमा वा इलाका प्रशासनको अध्यक्षतामा साधारणसभा बोलाई नयाँ कार्यसमितिको गठन गराउनतर्फ आवश्यक कारबाही गरिदिन समेत आग्रह गरिएको छ ।रासस
Comments
अरु समाचार
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...













