प्रदेश नं २ मा ‘बालबालिकाको अवस्था कहालिलाग्दो’
जनकपुरधाम, ९ जेठ । प्रदेश नं २ मा बालबालिकाको अवस्था कहालिलाग्दो रहेको प्रति ध्यानाकर्षण गराइएको छ ।
तथ्यांकनुसार प्रदेशमा प्रजनन दर, नवजात शिशु, शिशु र बाल मृत्युदर कहालिलाग्दो छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजाबमोजिम प्रदेशमा प्रतिमहिलामा जीवित जन्म हुने शिशु ३.० प्रतिशत छ । त्यस्तै पाँच वर्षमुनिका बालबालिका उमेरअनुरूप उचाइ नपुगेका ३७ र छ महिनादेखि ५९ महिनाको बालबालिककामा कुनै न कुनै किसिमको रक्तअल्पता भएको ५९ प्रतिशत देखिएको छ । प्रदेशमा बालबालिकामा अशिक्षा, बालश्रम, बालविवाह, ओसारपसार, परिवारविहीन, अनाथ, यौन दुव्र्यवहार तथा व्यावसायिक यौनशोषण, शारीरिक दण्डसजाय, हेपाइ, घरेलु हिंसा, मनोसामाजिक लागुपदार्थ दुव्र्यसन, उपेक्षा, कुलत, गर्भपतन, कुपोषण, अपहरण, खाद्य बानी र बेवास्ता मुख्य विषय रहेको पाइएको छ ।
एक तथ्यांकानुसार प्रदेशका २० लाखभन्दा अधिक बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । प्रदेश नं २ सामाजिक मन्त्रालयद्वारा आज यहाँ आयोजित बालबालिकाको अधिकारसम्बन्धी अन्तरक्रियामासो जानकारी दिइएको हो ।
सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले बालबालिकाप्रति अपेक्षाकृत संवेदनशीलतामा कमीका कारण ति नको अवस्था कहालिलाग्दो छ भन्दै बालबालिकाको अधिकारको वकालत गर्नेहरू नै बालबालिकाको अधिकारप्रति सजग नरहेको विचार राखे ।उनले कानून नियन्त्रणमा लिन खोज्नेहरु नै बालश्रमिक राख्न उद्यत देखिएको अवस्थामा यसप्रति सबैमा सकारात्मक सोच र परिवर्तनको आवश्यकता छ भने ।
सामाजिक विकासमन्त्री नवलकिशोर साहले बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, नैतिक तथा बौद्धिक विकासमा नकारात्मक असर पर्ने खालका कुनै पनि कार्यबाट जोगाउन सबैको अग्रसरता आवश्यक भएको बताए । मन्त्रालयका सचिव डा किरण रुपाखेतीले बाल संरक्षणका विषयको पहिचान र रोकथाम, जोखिम न्यूनीकरण, उचित सम्बोधन र सम्मानप्रति गम्भीर हुनुपर्ने धारणा राखे । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले सचेतना पुग्नुपर्ने ठाउँमा अझै नपुगेको, कानूनी व्यवस्थाको कार्यान्वयनको अभाव र संरचना साधन स्रोतसम्पन्न नहुनाले पनि समस्या बढ्दै गएको बताए । रासस
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











