सूचनाको हकसम्बन्धी तीनदिने कार्यशाला शुरु
काठमाडौँ, १० जेठ । प्रदेश नं ३ स्तरीय सूचनाको हकसम्बन्धी तीनदिने आवासीय प्रशिक्षण आजदेखि भक्तपुरमा शुरु भएको छ ।
अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सूचनाको हक, सुशासन र पारदर्शिताका क्षेत्रमा क्रियाशील संस्था फ्रिडम फोरमद्वारा आयोजित प्रशिक्षणमा नुवाकोट, धादिङ, गोरखा, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न कार्यालयका २३ जना सूचना अधिकारी सहभागी छन् ।
कार्यशालामा सूचनाको हकको अवधारणा, मान्यता, सैद्धान्तिक पक्ष, संवैधानिक र कानूनी पक्ष, सूचना अधिकारीको भूमिका, सूचनाको स्वतः खुलासा, सुशासन र सूचनाको हकको सम्बन्ध तथा स्थानीय सरकार र सूचनाको हकको प्रचलनलगायत विषयमा प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष झर्मेन्द्र झा र फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले प्रशिक्षण दिएका छन् ।
सूचनाको व्यवस्थापन र प्रवाहमा सरकारी निकायहरूको क्षमता बढाई जनताप्रति उत्तरदायी शासनप्रणाली निर्माण गर्न सहयोग पु¥याउनु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको कार्यक्रम संयोजक सञ्जीव घिमिरेले जानकारी दिए ।
यसअघि प्रदेश नं ७ को धनगढी, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ५ को दाङमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन् ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












