सूचनाको हकसम्बन्धी तीनदिने कार्यशाला शुरु
काठमाडौँ, १० जेठ । प्रदेश नं ३ स्तरीय सूचनाको हकसम्बन्धी तीनदिने आवासीय प्रशिक्षण आजदेखि भक्तपुरमा शुरु भएको छ ।
अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सूचनाको हक, सुशासन र पारदर्शिताका क्षेत्रमा क्रियाशील संस्था फ्रिडम फोरमद्वारा आयोजित प्रशिक्षणमा नुवाकोट, धादिङ, गोरखा, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न कार्यालयका २३ जना सूचना अधिकारी सहभागी छन् ।
कार्यशालामा सूचनाको हकको अवधारणा, मान्यता, सैद्धान्तिक पक्ष, संवैधानिक र कानूनी पक्ष, सूचना अधिकारीको भूमिका, सूचनाको स्वतः खुलासा, सुशासन र सूचनाको हकको सम्बन्ध तथा स्थानीय सरकार र सूचनाको हकको प्रचलनलगायत विषयमा प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष झर्मेन्द्र झा र फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले प्रशिक्षण दिएका छन् ।
सूचनाको व्यवस्थापन र प्रवाहमा सरकारी निकायहरूको क्षमता बढाई जनताप्रति उत्तरदायी शासनप्रणाली निर्माण गर्न सहयोग पु¥याउनु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको कार्यक्रम संयोजक सञ्जीव घिमिरेले जानकारी दिए ।
यसअघि प्रदेश नं ७ को धनगढी, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ५ को दाङमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन् ।
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...












