एकै दिन दुई श्रीमती भित्र्याउदै रोनाल्डिन्हो
काठमाडौं १० जेष्ठ । ब्राजिलियन स्टार फुटबलर रोनाल्डिन्होले एकैपटक दुईवटी महिलासँग विवाह गर्ने भएका छन् ।
३८ वर्षे फुटबलर अहिले आफ्नो रियो दे जेनेरियोको ५ मिलियन डलरको भव्य बंगलामा आफ्ना भावी पत्नीहरु प्रिसिल्ला कोहेलो र बियट्रिज सुजासँग बस्दै आएका छन् । उनले दुवैसँग आँउदो अगस्टमा लगनगाँठो कस्ने योजना बनाएका छन् ।
ब्राजिलका मिडियाहरुका अनुसार रोनाल्डिन्होले एक पारिवारिक समारोहको बीचमा आफ्नै बंगलामा दुवै प्रेमिकासँग एकैपटक लगनगाँठो कस्नेछन् ।
बार्सिलोनाका पूर्वस्टारले सन् २०१६ देखि बियट्रिजलाई डेट गरेको बताइन्छ । तर, उनले पि्रसिल्लासँगको धेरै वर्ष अघिदेखिको प्रेमसम्बन्धलाई पनि निरन्तरता दिइरहेका थिए ।
रिपोर्टहरुका अनुसार दुवै प्रेमिकाहरुले उनीहरुले चाहेअनुसार खर्च गर्न पाउने गरी रोनाल्डिन्होबाट १५ सय डलर भत्ता प्राप्त गर्नेछन् । उनले दुवै श्रीमतीहरुलाई एकैखालको उपहारहरु दिनेछन् । रोनाल्डिन्होले गत जनवरीमा दुवैको हात मागेका थिए र दुवैसँग इन्गेजमेन्ट गरेका थिए ।
यी फुटबलरकी दिदी डेजीले भने भाइले गर्न लागेको बहुविवाहको विरोध गरेकी छिन् र विवाहमा सहभागी नहुने बताएकी छिन् ।
गत वर्ष जब रोनाल्डिन्होले इन्गेजमेन्ट गरेको खबर पहिलोचोटी बाहिरिएको थियो त्यतिखेर भने उनले सामाजिक सञ्जालबाट त्यसको खण्डन गरेका थिए । उनले टि्वटरमा लेखेका थिए, ‘कुनै पनि खबरमा विश्वास नगर्नुहोस् मैले जुन दिन इन्गेजमेन्ट गर्छु, त्यो दिन तपाईहरुलाई भन्नेछु ।
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











