सुन तस्कर थप दुई जना काठमाडौंमा पक्राउ
काठमाडौं– विमानस्थलबाट भएको ३८ सय केजी सुन तस्करी गिरोहमा आबद्ध थप दुई जना पक्राउ परेका छन्। गृह मन्त्रालयको बिशेष छानबिन समितिले दुई जनालाई पक्राउ गरी शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको छ।पक्राउ पर्नेहरुमा हुन्डी कारोबारी मदन सिलवाल र तस्करी समूहमा आबद्ध फाल्दुन भनिने लक्षु गुरुङ छन्।
सिलवालले नयाँ बसपार्कमा मयुर मनि ट्रान्सफर सञ्चालन गर्दै आएका छन्। मनि ट्रान्सफरको आवरणमा उनले हुन्डीको कारोबार गर्दै आएको समितिले जनाएको छ। दुबईबाट तस्करी गरेर ल्याइने सुनको उनले हुन्डीमार्फत दुबईमा भुक्तानी दिन सघाउने गरेका थिए।
त्यस्तै,पक्राउ परेका फाल्दुन भुजुङ गुरुङका चालक हुन्। भुजुङ यसअघि नै पक्राउ परि जेल चलान भइसकेका छन्। राप्रपा९प्रजातान्त्रिक०का नेता समेत रहेका भुजुङ पञ्चायतकालदेखि सुन तस्करीमा संलग्न व्यक्ति हुन्। सुन तस्करीको बेला फाल्दुनलाई पनि उनले प्रयोग गर्दथे। समितिसँगको बयानमा उनले सुन तस्करीको बेला आफुलाई ‘स्कर्टिङ’ गर्न प्रयोग गरिने बताएका छन्।
माघ ९ गते हराएको साढे ३३ किलो सुन लुटपाटमा पनि उनको संलग्नताको आशंका गरिएको छ। तर, करिब २ सातासम्म सोधपुछ गर्दा पनि हराएको सुनबारे प्रष्ट जानकारी समितिले पाउन सकेको छैन। उनलाई २ साताअघि नै पक्राउ गरी अनुसन्धानमा राखिएको थियो। मुद्दा चलाउनका लागि उनलाई शुक्रबार मोरङ पठाइएको हो।
समितिले गत बैशाख सुन तस्करीको पैसा हुन्डीमार्फत पठाउने दोलखाका मोतीलाल श्रेष्ठ र झापाका बिनोद अधिकारीलाई पक्राउ गरिसकेको छ। उनीहरु जिल्ला प्रहरी कार्यालय मोरङकै हिरासतमा छन्। बिहिबार मोरङमा सनम शाक्य हत्यामा सघाउने रेवन्त आचार्य पक्राउ परेका थिए।
समितिले सुन तस्करी प्रकरणका मुख्य पात्र चुणामिण उप्रेती ‘गोरे’ लाई मंगलबार पक्राउ गरी सार्वजनिक गरिसकेको छ। त्यसअघि ३२ जना पक्राउ परेका थिए। थप दुई जना पक्राउ परेसँगै सो मुद्दामा पक्राउ अभियुक्तको संख्या ३५ पुगेको छ। ३२ जनालाई फरार अभियुक्तका रुपमा मुद्दा चलाइएको छ। जसमध्ये मोहन अग्रवाल लगायत मुख्य व्यक्तिलाई पक्राउ गर्न इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया अघि बढाइएको छ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












