त्रिविमा एकै दिनमा ट्रान्सक्रिप्ट
काठमाडाैं १३, जेष्ठ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई एकै दिनमा लब्धाङ्कपत्र (ट्रान्सक्रिप) उपलब्ध गराउनका लागि आजदेखि ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ शुरु गरेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा आज आयोजित कार्यक्रममा त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले सो प्रणालीको उद्घाटन गर्दैस्नातक तह शिक्षाशास्त्रका मनोजकुमार सिंहलाई उक्त प्रविधिबाट बनेको प्रमाणपत्र दिए ।
उनले त्रिवि अब सूचना प्रविधिमैत्री भएको बताए । ‘‘ हामी त्रिविलाई कागजविहीन बनाउन प्रयासमा छांैँ । यसैको शुरुआत आजदेखि एकै दिनमा ट्रान्सकृप दिन थालेका हौँ’’ उनले भने, ‘‘एकै दिनमा ट्रान्सक्रिप दिने सेवालाई विस्तारै क्षेत्रीय कार्यालय र क्याम्पसमा विस्तार गर्नेछौँ ।’’ उहाँले सन् २०२० सम्म अनलाइन प्रणालीलाई व्यवस्थित बनाई परीक्षा सुधार गरिने जानकारीसमेत दिए ।
कार्यक्रममा परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीलाई ट्रान्सक्रिप पाउन हप्ता लाग्ने भएकामा अब सजिलोका लागि फाराम भरेकै दिन पाउने बताए । नियन्त्रक जोशीले विभिन्न सङ्काय र तहका नौ ठाउँलाई एकीकृत गरी एकै ठाउँबाट उक्त प्रविधि प्रयोग गरी ट्रान्सक्रिप दिइने जानकारी दिए ।
त्रिविले अहिले शुरुमा स्नातक तहको शिक्षा शास्त्रसंकायको मात्र ट्रान्सक्रिप दिने गरे तापनि एक हप्ताभित्र सबै सङ्कायको दिने तयारी गरेको छ । उनका अनुसार उक्त प्रविधिले एक मिनेटमा ४५ ट्रान्सक्रिप्त छाप्ने गरेको छ । सोही प्रणालीमार्फत त्रिविले रजिष्ट्रेशन, परीक्षा फाराम, नतिजा प्रकाशन, लब्धाङ्क र प्रोभिजनल सर्टिफिकेट समेत वितरण गर्नेछ । पहिले एक मिनेटमा एक मात्र ट्रान्सक्रिप्ट छाप्ने गरिएको थियो ।
विद्यार्थीलाई सजिलोका लागि टोकन प्रणालीमार्फत एकै ठाउँमा शुल्क र फाराम बुझाएपछि सोही ठाउँबाट एकै दिनमा ट्रान्सक्रिप्ट उपलब्ध गराइने परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । पनिकाले अहिले केन्द्रीय कार्यालयबाट शुरु गरे तापनि विस्तारै पोखरा, नेपालगञ्ज, विराटनगर र अत्तरियाबाट समेत एकै दिनमा ट्रान्सक्रिप दिइने तयारी गरेको छ ।
अहिले दैनिक करीब एक हजार पाँच सय जना ट्रान्सक्रिप्ट लिन पनिका बल्खुमा आउने गरेका छन् । अहिले त्रिविअन्तर्गतका एक हजार १०८ क्याम्पसमा करीब छ लाख हजार विद्यार्थी अध्ययनरत छन् ।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...











