विप्लव र सीके राउत देशको मुख्य सुरक्षा चुनाैती रहेको सेनाको विश्लेषण
काठमाडौं १४, जेष्ठ । देशमा स्थायित्व कायम हुनै लाग्दा विभिन्न किसिमका आन्तरिक सुरक्षा चुनाैती रहेको सेनाको ठम्याई छ ।
नेपाली सेनाले मुलुकको सुरक्षा चुनाैतीका रुपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र तराई क्षेत्रमा सीके राउत समूहलाई मुख्य मानेको छ ।
आइतबार र सोमबार दुईसम्म चलेको नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठकमा विभिन्न पृतनाको कमाण्ड गरिरहेका उच्च सैनिक अधिकारीहरुले विप्लवका गतिबिधि हिंसात्मक दिशामा गएको रिपोर्ट गरेको स्रोतले जनाएको छ ।
सैनिक अधिकारीहरुले विप्लव समूहलाई सरकारले कसरी व्यवहार गर्छ भन्ने प्रष्ट हुनुपर्ने सुझावसमेत दिएका थिए ।
बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे छलफल भएको थियो । पृतनापति सम्मेलनलाई समापन गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले विद्यमान परिस्थितिको मुल्यांकन गर्दै सम्भावित चुनौतीको सामना गर्न तयारी अवस्थामा रहन मातहतलाई निर्देशन दिएका छन् ।
प्रधान सेनापतिले नेपाली सेनाका अपरेसनल, तालिम तथा बन्दोबस्तीका पक्षमा हरहमेसा तयारी रहन निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाका विभिन्न विभागीय प्रमुख र पृतनापतिहरुको सहभागिता रहेको बैठकमा सुरक्षाका समग्र विषयमा छलफल भएको बताइएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












