होसियार ! लुटका निर्माताले छपाएका नक्कली नोट बजारमा भेटिन थाले, फसिएला
काठमाडाैं १४, जेष्ठ । चर्चित फिल्म ‘लुट’का निर्माता माधव वाग्लेले चलचित्रको लागि भन्दै छपाएका नक्कली नोट राजधानीका विभिन्न स्थानमा भेटिन थालेका छन् ।
शुक्रवार मात्र प्रहरीले फर्पिङबाट हजार रुपैयाँको २ थान नक्कली नोट बरामद गरेको छ। नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वाराज पोखरेलले जानकारी दिए। उनले भने, ‘वाग्लेलेको समूहले नै छापेको नोट फर्पिङबाट बरामद भएको हो।’
२ थान नक्कली नोटसहित पक्राउ परेका युवकले बयानमा आफूले वाग्ले समूहकै केटाहारुबाट नोट लिएको बताएका हुन्।
बजारमा अन्य माध्यमबाट पनि नक्कली नोट गएको हुन सक्ने सम्भावना रहेकाले सबैलाई सचेत हुन प्रहरीले आग्रह गरेको छ।
प्रहरीले जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
वाग्लेले बयानमा भने : मलाई केटाहरूले फँसाए
लुट लगायतका चलचित्रका निर्माण समेत रहेका माधव वाग्लेले नक्कली नोट चलचित्रको लागि मात्र छपाएको बयान दिएका छन्। अदालतमा खोट चलनमा म्याद थप गरी महानगरीय बृत महाजगञ्जमा राखिएका वाग्लेले बयानमा भनेका छन्। ‘मैले चलचित्रको लागि मात्र नोट छपाएको हुँ। चलचित्रको लागि छपाएको नोट बजारमा लगेर केटाहरूले मलाई फँसाए।’
२४ वर्षीय महेन्द्र बोगटीले काठमाडौँ महानगरपालिका २६ मित्रनगरमा रहेको सुमधुर क्याफे तथा खाजाघरमा दिएको नोट नक्कली रहेको पहिचान भएपछि नक्कली नोटको जालो खुलेको थियो।
अदालतमा दोषी प्रमाणित भए ऐन अनुसार बिगो बमोजिमको जरिवानासहित बढीमा १० वर्ष सजाय हुनसक्छ।
Comments
अरु समाचार
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...












