हेर्ने होइन फुटबल ? यस्तो छ विश्वकप फुटबल २०१८ को खेल तालिका
काठमाडाै १६, जेष्ठ । विश्वकपका लागि खेल तालिका सार्वजनिक भएको छ । यसै सन्दर्भमा एक्काइसौं ‘फिफा विश्वकप २०१८’ १४ जुन २०१८देखि १५ जुलाई २०१८ (३१ जेष्ठ देखि ३० आषाढ २०७५)सम्म रुसमा हुनलागेको छ ।
३२ वटा राष्ट्रहरूले सुरुवातिमा आठवटा समूहहरुमा रहेर विश्वकपमा आफ्नो खेल प्रदर्शन गर्नेछन् । युरोपबाट रुस (होस्ट), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भागलिने छन् ।
त्यसैगरि एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू छन् । अफ्रिकाबाट भागलिने ५ राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन । उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेकाछन भने दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन ।
यी राष्ट्रहरु निम्नानुसारका समूहहरूमा बाँडिनेछन् । पहिलो समूहः रुस, साउदी अरेबिया, इजिप्ट र उरुग्वे दोस्रो समूहः पोर्तुगल, स्पेन, मोरक्को र ईरान तेस्रो समूहः फ्रान्स, अस्ट्रेलिया, पेरु र डेनमार्क चौथो समूहः अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया पाँचौं समूहः ब्राजिल, स्विट्जरल्याण्ड, कोस्टारिका र सर्बिया छैटौं समूहः जर्मनी, मेक्सिको, स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) सातौं समूहः बेल्जीयम, पानामा, टिउनेसिया र बेलायत आठौं समूहः पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान समूहगत खेलको समय तालिका (नेपाली समय अनुसार) ३१ जेष्ठ २०७५ (साँझ ८:४५) रुस र साउदी अरेबिया (पहिलो समूह)
१ आषाढ २०७५ (साँझ ५:४५) इजिप्ट र उरुग्वे (पहिलो समूह) (साँझ ८:४५) मोरक्को र इरान (दोस्रो समूह) (राती ११ः४५) पोर्चुगल र स्पेन (दोस्रो समूह)
२ आषाढ २०७५ (साँझ ५:४५) फ्रान्स र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ६:४५) अर्जेन्टिना र आइसल्याण्ड (चौथो समूह) (राती ९:४५) पेरु र डेनमार्क (तेस्रो समूह) (राती १२:४५) क्रोएसिया र नाइजेरिया (चौथो समूह)
३ आषाढ २०७५ (साँझ ५:४५) कोस्टारिका र सर्बिया (पाँचौ समूह) (साँझ ८:४५) जर्मनी र मेक्सिको (छैटौं समूह) (राती ११:४५) ब्राजिल र स्वीजरल्याण्ड (पाँचौं समूह),
४ आषाढ २०७५ (साँझ ५:४५) स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (छैटौं समूह) (साँझ ८:४५) बेल्जियम र पानामा (सातौं समूह) (राती ११:४५) टिउनेसिया र बेलायत (सातौं समूह)
५ आषाढ २०७५ (साँझ ५:४५) कोलम्बिया र जापान (आठौं समूह) (साँझ ८:४५) पोल्याण्ड र सेनेगल (आठौं समूह) (राती ११:४५) रुस र इजिप्ट (पहिलोसमूह)
६ आषाढ २०७५ (साँझ ५:४५) पोर्तुगल र मोरक्को (दोस्रो समूह) (साँझ ८:४५) उरुग्वे र साउदी अरेबिया (पहिलो समूह) (राति ११:४५) इरान र स्पेन (दोस्रोसमूह)
७ आषाढ २०७५ (साँझ ५:४५ m) डेनमार्क र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ८:४५) फ्रान्स र पेरु (तेस्रो समूह) (राती ११:४५)अर्जेन्टिना र क्रोएसिया (चौथोसमूह)
८ आषाढ २०७५ (साँझ ५:४५) ब्राजिल र कोस्टारिका (पाँचौं समूह) (साँझ ८:४५) नाइजेरिया र आइसल्याण्ड (चौथो समूह) (राती ११:४५) सर्बिया र स्विट्जरल्याण्ड (पाँचौंसमूह)
९ आषाढ २०७५ (साँझ ५:४५) बेल्जियम र टिउनेसिया (सातौं समूह) (साँझ ८:४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (छैटौं समूह) (राती ११:४५) जर्मनी र स्वीडेन (छैटौंसमूह)
१० आषाढ २०७५ (साँझ ५:४५) बेलायत र पानामा (सातौं समूह) (साँझ ८:४५) जापान र सेनेगल (आठौं समूह) (राती ११:४५) पोल्याण्ड र कोलम्बिया (आठौं समूह)
११ आषाढ २०७५ (साँझ ७:४५) उरुग्वे र रुस (पहिलो समूह) (साँझ ७:४५) साउदी अरेबिया र जापान (पहिलो समूह) (राती ११:४५) स्पेन र मोरक्को (दोस्रो समूह) (राती ११:४५) इरान र पोर्तुगल (दोस्रो समूह)
१२ आषाढ २०७५ (साँझ ७:४५) अस्ट्रेलिया र पेरु (तेस्रो समूह) (साँझ ७:४५) डेनमार्क र फ्रान्स (तेस्रो समूह) (राती ११:४५) नाइजेरिया र अर्जेन्टिना (चौथो समूह) (राती ११:४५) आइसल्याण्ड र क्रोएसिया (चौथो समूह)
१३ आषाढ २०७५ (साँझ ७:४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (छैटौं समूह) (साँझ ७:४५) मेक्सिको र स्वीडेन (छैटौं समूह) (राती ११:४५) सर्बिया र ब्राजिल (पाँचौं समूह) (राती ११:४५) स्विट्जरल्याण्ड र कोस्टारिका (पाँचौं समूह)
१४ आषाढ २०७५ (साँझ ७:४५) जापान र पोल्याण्ड (आठौं समूह) (साँझ ७:४५) सेनेगल र कोलम्बिया (आठौं समूह) (राती ११:४५) पानामा र टिउनेसिया (सातौं समूह) (राती ११:४५)
बेलायत र बेल्जियम (सातौं समूह) यी खेलहरूबाट प्रत्येक समूहबाट पहिलो र दोस्रो गरि छानिएर १६ वटा राष्ट्रहरू नकाउट राउण्डमा जानेछन् । राउण्ड – १६ आषाढको १६ गते बाट १९ गतेसम्म चल्ने छ । ती १६ राष्ट्रहरु मध्ये ८ वटा क्वार्टर फाइनलमा जानेछन् (आषाढ २२ र २३ गते) त्यसबाट छानिएर ४ वटा सेमिफाइनलमा जानेछन् (आषाढ २६ र २७ गते) सेमि फाइनलमा हार्ने २ राष्ट्रहरुको टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् (आषाढ ३० गते) भने जित्नेहरुले आषाढ ३१ गते विश्वकपको फाइनलमा भिड्ने छन् ।
Comments
अरु समाचार
-
विश्वकपमा क्रिस्टियानोले बनाए रेकर्ड, लगातार ६ गोल गर्ने पहिलो खेलाडी
एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्बेकिस्तानविरुद्ध उनले दुई...
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...











