विश्व ११ बाट बलिङ गर्दै सन्दीप लामिछाने
वेष्ट इन्डिजविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्डको लर्डस मैदानमा विहीबार पहिलो टी(२० अन्तराष्ट्रिय खेल खेले। विश्व(११ को टोलीबाट खेलेका सन्दीपले डेब्यू अन्तराष्ट्रिय टी(२० खेलमा १ ओभर बलिङ गर्दै १२ रन खर्चे।
वेन्ड इन्डिजमा गतवर्ष आएको समुन्द्रिक आधीँले क्षति पुर्याएका रंगशालाको पुर्न निर्माणमा सहयोग पुर्याउने उदेश्यले आइसीसीले आयोजना गरेको च्यारिटी खेललार्इ टी(२० अन्तराष्ट्रियको मान्यता दिएको थियो।
१३अौं ओभर बलिङ गर्न आएका सन्दीपले १ छक्कासहित १२ रन बेहोरे। पहिलो बलमा दिनेश रामदिनले दोस्रोमा मोर्लिन सामुयल्सले र तस्रो बलमा रामदिनले १(१ रन जोडेका थिए। सन्दीपको चौथो बलमा सामुयल्सले छक्का प्रहार गरे। यस्तै पाँचौं बलमा उनले ३ रन लिए भने अन्तिम बलमा रामदिनले कुनै रन लिन सकेनन्।
लेगस्पिनरले भरिएको विश्व(११ को टोलीमा त्यसपछि भने सन्दीपले मौका पाएनन्। लेग स्पिनर कप्तान शाहिद अफ्रिदीले ४ ओभरमा ३४ रन खर्चदै १ विकेट लिए भने अर्का लेग स्पिनर रासिद खानले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए।
टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनायो। उसका ओपनर इभन लुइसले ५८, रामदिनले ४४ तथा सामुयल्सले ४३ रन जोडे।
२०० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको विश्व एघारले १६।४ ओभरमा सबै विकेटको क्षतिमा १२७ रन मात्रै बनाउन सकेको थियो। विश्व एघारका लागि थिसारा परेराले ३७ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६१ रन बनाए। त्यस्तै, शोहिब मालिकले १२ रन बनाउँदा अन्य खेलाडीले भने राम्रो स्कोर बनाउन सकेनन्। सन्दीपले अविजित ४ रन बनाए।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












