दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा वास्तविक रहस्य सार्वजनिक हुन सकेन
तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी राजपरिवारका १० सदस्यको हत्या भएको आज १७ वर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते राति तत्कालीन राजा वीरेन्द्रसँगै रानी ऐश्वर्या, युवराज दिपेन्द्र र निराजन, युवराज्ञी श्रुतिसहित राजपरिवारका १० जनाको हत्या भएको थियो ।
राजा विरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड भएको १६ वर्ष पूरा हुँदासमेत हत्याकाण्डको बास्तविक रहस्य सार्वजनिक हुन सकेको छैन्।
दरवार हत्याकाण्डको छानबिन गर्न गठित समितिले युवराज दिपेन्द्रले नसाको सुरमा उक्त हत्याकाण्ड मच्चाएको प्रतिवेदन सार्वजनिक गरेको थियो। तर अधिकांश नेपालीले त्यसलाई पत्याएका छैनन्। नेपालमा मात्र नभई विश्वमा नै चर्चित बनेको दरवार हत्याकाण्डको रहस्य अहिले पनि गर्भमै छ।
सबैले दरबार हत्याकाण्डमा षड्यन्त्र भएको बताउने गरेका छन्। तर, त्यो षड्यन्त्र कसले ग¥योरु यथार्थ सार्वजनिक गर्ने हिम्मत कसैले गरेका छैनन्। दरवार हत्याकाण्डपछि दर्जनौं पटक सरकार परिवर्तन भए पनि त्यसको वास्तविकता खोजी गर्ने आँट कुनै सरकारले गरेको छैन।
वीरेन्द्रको परिवारको वंशनाससँगै ०६२(०६३ सालको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरेर मुलुकमा गणतन्त्र स्थापना गरेको छ। मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। दुई सय ४० वर्से शाह वंशिय राजतन्त्रको अन्य भएसँगै पूर्व राजा ज्ञानेन्द्र शाह नागरिक सरह नागार्जुनमा बस्दै आएका छन्।
हत्याकाण्डपछि प्रमाण नष्ट गरेको आरोप पूर्वराजा ज्ञानेन्द्रमाथि लाग्दै आएको छ। विरेन्द्रको हत्या भएपछि राजकाज सम्हालेका तत्कालिन राजा ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन दिएका थिए। ०५८ सालमा लागेको ताल्चा ०६५ सालमा मात्र खोलिएको थियो।
दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि सरकारले हत्याकाण्ड लगत्तै पूर्वराजा ज्ञानेन्द्रले भत्काउन लगाएको हत्याकाण्ड स्थलमा त्रिभुवन संग्रहालय निर्माण गरेको छ।
उक्त संग्रहालय खुलेदेखि अहिलेसम्म स्वदेशी तथा विदेशी गरेर २७ लाख ६५ हजार ६ सय ५१ जनाले अवलोकन गरिसकेका संग्रहालयका प्रमुख रोहित ढुंगानाले जानकारी दिए।
दरवार हत्याकाण्डपछि तत्कालिन प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइराला, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले दरबार हत्याकाण्डको छानविन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर १७ बर्ष बितिसक्दासमेत नेताहरुको
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












