अन्नपूर्ण म्याराथनमा रिमाल प्रथम
पोखरा, २० जेष्ठ । अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छन् ।
म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे ।
विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आज अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्मको कूल ४२.१९५ किलोमिटरको दुरी रिमालले चार घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरे । उनले रु एक लाख पुरस्कार पाए ।
यस्तै तामाङले चार घण्टा १७ मिनेट ४२ सेकेन्ड तथा श्रेष्ठले चार घण्टा २० मिनेट ३८ सेकेन्डमा उक्त दुरी पार गरे । तमाङले रु ७० हजार तथा श्रेष्ठले रु ५० हजार पुरस्कार पाए ।
त्यस्तै म्याराथनमा १० जनाभित्र रुपबहादुर बुढा, भूमिराज राई, अनिलकुमार वाइवा, दुर्गाराज बुढामगर, रुपलाल बुढामगर, शेरबहादुर थारु र दामोदर बुढामगर सफल बएकाछन्। म्याराथनका कान्छा धावक घान्द्रुकका १६ वर्षीय अनिल गुरुङले ११आँैं स्थान हासिल गरे ।
अन्नपूर्ण आधार शिविरबाट शुरु भएको म्याराथन दौड माछापुच्छ्रे« आधारशिविर हुँदै देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भांैसी खर्क हुँदै घान्दुकमा आई सम्पन्न भएको थियो । म्याराथनका विजेतालाई महोत्सवको तेस्रो चरणको कार्यक्रम समापन समारोहका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












