आजै विचार गर्नुहोस्, कतै याैन रोग त लागेको छैन ? थाहै नपाई सताउँछ यौन रोगले
के हो यौन रोग ?
यौन सम्पर्कबाट सर्ने रोगलाई यौन रोग भनिन्छ । यदि यौन रोग भएको व्यक्तिसँग असुरक्षित यौन सम्पर्क राख्यो भने यौन रोग लाग्छ । यौन सम्पर्क गर्नेबित्तिकै यो रोग सर्छ भन्नेचाहिँ होइन । तर, कुनै एक जनामा केही इन्फेक्सन छ भने सर्न सक्छ । भाइरस, ब्याक्टेरिया र अरु कारणबाट पनि यौन रोग सर्छ ।
यौन रोग पनि धेरै प्रकारको हुन्छ । कुनै उपचार गर्न सजिलो पनि हुन्छ तर कुनै धेरै गाह्रो हुन्छ । कुनै रोगले जलनमात्र गर्छ भने कुनै यौन रोगले ज्यान समेत लिन्छ ।
यौन रोग शारीरिक, मानसिक दुवै कारणले हुन्छ । एसटीआई (सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन) मात्र सरुवा हुन्छन् । ब्याक्टेरिया तथा फंगसबाट हुने एसटीआईको उपचार हुन सक्छ । भाइरसबाट हुने प्रायः रोगको उपचार सम्भव हुँदैन ।
अहिलेको कमन एसटीआई भनेको यौनांगमा मुसा आउने हो । हातमा देखिने मुसाभन्दा अलि फरक हुन्छ हो । यो सरुवा हुन्छ । यसको खतरनाक असर भनेको इन्फेक्सन क्यान्सरमा परिणत हुने सम्भावना करिब १० प्रतिशत रहन्छ ।
यौनांगमा मसिना पानीका थोपाजस्ता दाना आउने समस्या पनि छ । भाइरल इन्फेक्सन भएकाले वर्षमा चार–पाँच पटक आउँछ यो । यस्तै, ब्याक्टेरियाबाट हुने सिफिलिस पनि केहीमा हुन्छ ।
यौनांगमा काई परेजस्तो ढुसी जम्मा हुने, पिसाब पोल्ने, पिप आउने समस्याले पनि धेरैलाई सताउँछ । यौनांगमा सानो होस् वा ठूलो, घाउखटिरा आउँछ भने लुकाउनु हुँदैन, जचाइहाल्नुपर्छ । समयमै उपचार पाए निको हुन सक्छ । धेरैजसो मुसा, गोनोरिया र क्यानडिडा (सेतो पानी बग्ने) समस्या हुन्छ ।
लक्षण
यौन रोग डरलाग्दो रोग हो । यसले भविष्यमा गएर नराम्रो असर गर्छ । आपसी सम्बन्धमा पनि असर पार्छ । रोग हुनु भन्दा नहुनु राम्रो हो । त्यसैले सबैले एकचोटी यौनसम्बन्ध राख्नुभन्दा अगाडि चेक गर्नुपर्छ ।
यौन रोगले बच्चा नहुने पनि हुन्छ । रोग लागिसकेपछि पिसाब फेर्दा पोलिरहने, पिसाबबाट केही धातु चिजहरु अथवा पिप बग्ने हुन्छ । यस्तो हुँदा युरिथ्राइटिस (पिसाबको नलीमा इन्फेक्सन हुने) हुन्छ । गोनोरिया रोग लाग्दा यस्तो लक्षण देखा पर्छ । अर्को घाउमात्रै हुने रोग पनि हुन्छ ।
पुरुषको लिंग तथा महिलाको योनिमा घाउ, खटिरा हुने सिफिलिस रोगमा हुन्छ । सबै रोग उपचार, टेस्ट गरेर मात्रै थाहा हुन्छ । कुनै यौनरोगले पूरै शरीरलाई असर गर्छ भने कुनै यौनांगमा मात्रै सीमित हुन्छ ।
उपचार
असुरक्षित यौनसम्पर्क गरेको छ र त्यसको केही समयपछि (केही दिनदेखि केही महिनासम्म) कुनै प्रकारको घाउ खटिरा भयो भने वा पिसाब पोल्यो भने यौन रोग लागेको हुन सक्छ । त्यसैले तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।
यौनरोगबाट बच्नलाई मुख्य त यौनसम्पर्कबाट नै बच्नुपर्छ, अर्थात् जथाभावी यौन सम्पर्क गर्नुहुँदैन । सम्भव छैन भने ‘पिकसन’ लिनुपर्छ । प्रिकसन भनेको खासगरी पुरुषहरुले कण्डम प्रयोग गर्ने हो ।
थोरै व्यक्तिसँग अथवा एक व्यक्तिसँग यौनसम्पर्क मात्रै गर्नुपर्छ । यौनसम्बन्ध राख्दा कण्डम प्रयोग गरे ९० प्रतिशत सुरक्षित हुन्छ, त्यसैले सबैले कण्डम प्रयोग गर्नुपर्छ ।
अहिलेको मुख्य समस्या भनेको यौनरोगले मनोवैज्ञानिक रोग निम्त्याइरहेको छ । यौन सम्पर्क गर्दैमा यौनरोग हुन्छ भन्ने हुँदैन तर मानिसहरु कुनै गल्ति काम गरेपछि मनमा डर, त्रास हुन्छ र साथीभाइलाई भन्न पनि गाह्रो हुन्छ । आफ्नो पार्टनरलाई पनि भन्न गाह्रो हुन्छ । मनमा नै कुरा खेल्छ, छटपटी हुन्छ ।
त्यसकारण यो रोग छ कि छैन भनेर आफूलाई नै केलाउने भन्दा पनि डाक्टरलाई देखाउन उपयुक्त हुन्छ ।
उपचार गर्दा बाहिरबाटै हेरेर पनि के भएको थाहा हुन्छ तर रगत पनि जाँच गरिन्छ । सिफलिस, एचआईभीको ब्लड टेस्ट हुन्छ तर सबै यौनरोगको ब्लड टेस्ट हुँदैन ।
मले छाला र यौन रोगको उपचार गर्छु । दिनको कहिलेकाहीँ ४–५ वटा त कहिले कहिले ८–१० वटा केस आउँछ ।
महिला र पुरुष दुवैमा यौन रोग लाग्छ ।
पुरुषमा बाहिरी तत्व भएको हुनाले लिंग र अण्डकोषमा प्रष्टसँग देखिन्छ । पिसाबमा समस्या आयो भने जलन हुन्छ, केही पिप देखिन्छ र तुरुन्त उपचारको लागि आउँछन् ।
तर महिलाहरूमा बाहिरी रूपमा केही देखिँदैन । इन्फेक्सन भइसकेको भए पनि उनीहरूलाई थाहा नै हुँदैन । यसलाई एसिटोम्याटिक इन्फेक्सन भनिन्छ । बाहिरी रूपमा केही देखिँदैन, अलिअलि ¥यालजस्तो आउँछ तर भित्रभित्रै रोगले च्यापिसकेको हुन्छ । त्यसैले यस्तो लक्षण देखिनासाथ उपचार गरिहाल्नुपर्छ ।
केही लक्षण देखिएको छैन भने बेलाबेलामा चेक गराइराख्नु राम्रो हुन्छ । धेरैले इन्फेक्सन भए पनि लुकाउँछन्, यो गलत हो ।
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...












