यात्रुको जीउ गन्हाएको भन्दै जहाजको आपतकालीन अवतरण !
काठमाडाैं २१, जेष्ठ । मौसमको खराबी, जहाजको प्राविधिक गडबडी वा दुर्घटनाको जोखिम आदिजस्ता कारणले उडिरहेको जहाजको आपतकालीन अवतरण भएको त समाचार सुनिएकै हो । तर नेदरल्याण्डस्को एक जहाज भने एक अनौठो कारणले गर्दा पोर्चुगलमा आपतकालीन अवतरण गर्नुपरेको छ ।
नेदरल्याण्डको ट्रान्सेभिया एयरलाइन्सको विमानमा एक यात्रुको जिउबाट आइरहेको दुर्गन्धका कारण विमानको इमरजेन्सी ल्याण्डिङ गराउनुपरेको हो ।
नेदरल्याण्डको स्किपल एयरपोर्टबाट उडान भरेको जहाजलाई पोर्चुगलमा आपतकालीन अवतरण गराइयो । जबकि उक्त जहाज स्पेनको ग्रेन टापुका लागि उडेको थियो ।
जहाजमा चढेका एकजना यात्रुको जिउ यतिधेरै गन्हाइरहेको थियो कि जहाजमा रहेका केही यात्रु त दुर्गन्ध सहन नसकेर बेहोस समेत भएका थिए । कतिपय यात्रुले वान्ता गरिरहेका थिए । जहाजका स्टाफले जिउ गन्हाउने व्यक्तिलाई ट्वाइलेटमा थुन्ने कोसिस पनि गरे । तर दुर्गन्ध कम भएन । अन्ततः पोर्चुगलमा विमानको आकस्मिक अवतरण गरी ती व्यक्तिलाई उपचारका लागि पठाइयो ।
आखिर ती व्यक्तिको जिउ त्यतिधेरै गन्हाउनुको कारण के हो ? भन्ने बारेमा चाहीँ खुलेको छैन । उनको नाम पनि गोप्य राखिएको छ ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











