फेसबुक ट्वीटरको विकल्पमा अब नयाँ सोसल मिडिया खोल्ने घोषणा
एजेन्सी- एक चर्चित इन्टरनेट व्यवसायीले फेसबुक तथा ट्वीटरको विकल्पमा अब एउटा नयाँ सोसल मिडिया प्लेटफर्म स्थापना गर्ने घोषणा गरेका छन् ।
मेगा अपलोड तथा मेगा जस्ता चर्चित क्लाउड कम्प्युटिङ कम्पनीका संस्थापक समेत रहेका किम डोक्टोमले फेसबुक र ट्वीटरलाई राज्यविरुद्धका गम्भीर अपराधीको संज्ञा दिँदै अब तिनीहरुको विकल्प खोज्ने बेला भएको बताएका छन् ।
ट्वीटरमा यसको घोषणा गर्दै उनले सीआर्इएका गोप्य सूचनाहरुको खुलासा गर्ने इडवार्ड स्नोडेन, विकिलिक्सका संस्थापक जुलियन असान्ज र जर्मन ह्याकर एसोसिएसन केओस कम्प्युटर क्लबलाई आफूसँग सहकार्य गर्न आव्हान गरेका छन् ।
डोक्टोम हाल अमेरिका सुपुर्दगीको विरुद्धमा न्युजिल्याण्डमा कानूनी लडाइँ लडिरहेका छन् । अमेरिकाले कपिराइट उल्लंघन तथा ठगीको अपराधमा अदालतमा पेश गर्नका लागि डोक्टोमलाई सुपुर्दगी गर्न न्यूजिल्याण्डसमक्ष आग्रह गरिरहेको छ ।
ट्वीटर भविष्यमा माइ स्पेस जस्तै अनलाइन घोस्ट टाउन बन्ने भविष्यवाणी गर्दै उनले गोपनीयताको वास्तविक तथा पूर्ण संरक्षणका साथै भरोसायोग्य स्रोत सामाग्रीमाथि शून्य सेन्सरसीप भएको वैकल्पिक सोसल नेटवर्क आवश्यक रहेको बताएका छन् ।
डोक्टोमले ट्वीटर अब मृत्युशैयामा पुगिसकेको छ भन्ने तर्क पेश गर्दै यस विषयमा आफ्ना ७ लाख ३२ हजार फलोअर्सकोसँग मत सर्भेक्षण गरेका थिए । त्यसमा सहभागी हुने २० हजार ट्विटर प्रयोगकर्तामध्ये ८९ प्रतिशत उनको तर्कसँग सहमत देखिएका छन् ।
सरे विश्वविद्यालयका साइबर सेक्योरिटी विज्ञ प्राध्यापक एलान उडवार्ड चाहिँ यो सबै विषय विश्वासको वरिपरि घुमेको बताएका छन् ।
‘के तपाइँ फेसबुक र ट्वीटर सञ्चालन गर्नेहरुलाई भन्दा किम डोक्टोम र जुलियन असान्ज आदिलाई विश्वास गर्न सक्नुहुनछ रु’, उनी प्रश्न गर्दछन् ।
फेसबुक र ट्वीटरजस्ता सोसल मिडियाहरु पछिल्लो समयमा बढ्दो तनावबाट गुज्रिरहेका र निकै पाठ सिकिरहेका भन्दै उनले नयाँ सोसल मिडियाहरुले पनि यसरी नै सिक्नुपर्ने उनको भनाइ छ । बीबीसी
Comments
अरु समाचार
-
भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना, पूर्वतयारी र सतर्कता अपनाउन आग्रह
काठमाण्डौ । गएराति र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो चार घण्टामा, लमजुङको भोर्लेटारमा सबैभन्दा बढी...
-
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
काठमाडौं। सह–आयोजक क्यानडाले कप्तान स्टेफन युस्ताकियोको इन्ज्युरी समयमा गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै फिफा विश्वकप...
-
बागमती नदीमा डुबेर दुई बालकको ज्यान गयो
रौतहट । रौतहटको गढीमाई नगरपालिका-१ स्थित बागमती नदीमा डुब्दा २ बालकको मृत्यु भएको छ । बागमती नदीको समनपुर हरैया घाटमा...
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
कारको ठक्करबाट दुई बालबालिकाको ज्यान गयो
दमौली (तनहुँ), असार १३ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा...
-
विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ - फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
मनसुन फैलिँदै, कोशीमा भारी वर्षाको चेतावनी
काठमाडौँ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन...











