विश्वकप खेल्ने खेलाडीको उमेरका कुरा, १९ वर्षका अर्जानीदेखि ४५ वर्षका हदारीसम्म
काठमाडौं २५, जेष्ठ । लात्तिले हिर्काउने खेल अर्थात फुटबल, यतिबेला सर्वाधिक चर्चाको चिषय बन्न पुगेको छ कारण हो आउदै गरेको विश्वकप ।
उसो भए खेलाडिका कुरा पनि सामान्य हुने कुरै भएन । खेलाडिको उमेर, प्रेम सम्बन्ध, खानपान लगायत हरेक कुरा आम मानिसलाईलाई जान्न सुन्न इच्छा हुनु स्वभाविक नै हो । आज हामि विश्वकपमा खेल्ने खेलाडीमध्ये सबैभन्दा पाको र कान्छो खेलाडीको मात्रै होिन कुन देशका खेलाडि आैडत रुपमा कति उमेर समुहका छन त ? यो बारेमा जानकारी दिन लागेका छाैँ ।
रसिया विश्वकपमा यसपटक इजिप्टका गोलकिपर इसाम एल हदारी सबैभन्दा पाका खेलाडी हुन् ।
सन् १९९६ देखि राष्ट्रिय टिममा रहेका हदारी अहिले ४५ वर्ष ४ महिनाका भए । इजिप्टबाट उनले १ सय ५८ खेल खेलिसकेका छन् । हदारीपछि मेक्सिको टिममा रहेका राफेल मार्केज अर्का पाका खेलाडी हुन् । उनी ३९ वर्ष ३ महिनाका भए ।
पाका खेलाडीको सूचीमा तेस्रो नम्बरमा रसियाका सर्जी इगानसेभिक रहेका छन् । उनी ३८ वर्ष १० महिनाका भए ।
यस्तै रसिया विश्वकपमा कान्छा खेलाडीको सूचीमा अस्ट्रेलियाका ड्यानियल अर्जानी रहेका छन् । विश्वकप खेल्नेको सूचीमा सन् १९९९ पछि जन्मिएका खेलाडी उनी मात्रै हुन् । उनी १९ वर्ष ५ महिनाका भए ।
अर्जानीसँगै १९ वर्षका अरु ६ खेलाडी पनि विश्वकपमा सामेल हुँदैछन् । जसमा फ्रान्सका केलियन एम्बाप्पे, मोरक्कोका अचरफ हाकिमी, नाइजेरियाका फ्रान्सिस उजोहो, इंग्ल्याण्डका टे्रन्ट अलेक्जेण्डर आर्नोल्ड, सेनेगलका मौसा वाग्वी र पानामाका जस लुइस रोड्रिग्वेज रहेका छन् ।
युवा नाइजेरियाको, पाको पानामा
टिममा रहेका सबै खेलाडीको औसत उमेर हेर्दा सबैभन्दा युवा खेलाडीको टोली नाइजेरियामा देखिएको छ । उनीहरुको औसत उमेर २५ वर्ष ९ महिना रहेको छ ।
यस्तै औसत उमेरलाई हेर्दा सबैभन्दा पाका खेलाडीको समूह पानामाको रहेको छ । उनीहरुको औसत उमेर २९ वर्ष ६ महिना रहेको छ । विश्वकपको समूह ‘ई’ मा रहेको कोस्टा रिकाको पनि पानामाको खेलाडीको भन्दा केही दिनले मात्रै कम औसत उमेर २९ वर्ष ६ महिना नै रहेको छ ।
कुन टोलीको औसत उमेर कति ?
नाइजेरिया – २५ वर्ष ९ महिना
फ्रान्स – २६ वर्ष
इंग्ल्याण्ड – २६ वर्ष
ट्युनिसिया – २६ वर्ष ५ महिना
सर्बिया – २६ वर्ष ८ महिना
जर्मनी – २७ वर्ष १ महिना
डेनमार्क – २७ वर्ष १ महिना
सेनेगल – २७ वर्ष २ महिना
स्वीट्जरल्याण्ड – २७ वर्ष २ महिना
इरान – २७ वर्ष २ महिना
मोरक्को – २७ वर्ष २ महिना
पेरु – २७ वर्ष ४ महिना
बेल्जियम – २७ वर्ष ६ महिना
दक्षिण कोरिया – २७ वर्ष ८ महिना
क्रोएसिया – २७ वर्ष ९ महिना
कोलम्बिया – २८ वर्ष १ महिना
उरुग्वे – २८ वर्ष १ महिना
अस्ट्रेलिया – २८ वर्ष १ महिना
स्वीडेन – २८ वर्ष २ महिना
पोल्याण्ड – २८ वर्ष ३ महिना
पोर्चुगल – २८ वर्ष ४ महिना
स्पेन – २८ वर्ष ५ महिना
जापान – २८ वर्ष ६ महिना
आइसल्याण्ड – २८ वर्ष ६ महिना
ब्राजिल – २८ वर्ष ६ महिना
साउदी अरेबिया – २८ वर्ष ७ महिना
रसिया – २८ वर्ष ८ महिना
इजिप्ट – २९ वर्ष
अर्जेन्टिना – २९ वर्ष ३ महिना
मेक्सिको – २९ वर्ष ४ महिना
कोस्टारिका – २९ वर्ष ६ महिना
पानामा – २९ वर्ष ६ महिना
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












