डा उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल : हालसम्म ४ पटक डायलाइसिस
काठमाडौं,२७ जेठ । पित्तनलीको क्यान्सरबाट गम्भीर बिरामी भएका वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भएकाे न्युरो अस्पतालका एक चिकित्सकले जानकारी दिएका छन् ।
पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण उनको मिर्गौला फेल भएको हो।
मिर्गौला फेल भएकाे कारण डा देवकोटालार्इ डायलाइसिस गर्न सुरु गरिएको छ। अहिलेसम्म डा देवकोटाको ४ पटक डायलाइसिस भइसकेको न्युरो अस्पतालका एक चिकित्सकले बताएका छन् ।
डा देवकोटालार्इ न्युरो अस्पतालको आइसियुमा नै बनस्थलीस्थित किड्नी सेन्टरबाट आएका टोलीले डायलाइसिस गरिरहेका छन्। मिर्गौलाको उपचारमा भने किड्नी सेन्टरका डाक्टर ऋषिकुमार काफ्ले र त्रिवि शिक्षण अस्पतालकी डाक्टर दिव्या सिंह शाह संलग्न छन्।
डा देवकोटाको मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस सुरु गरिएको हो। उनको शुक्रबार पनि डायलाइसिस गरिएको थियो। आइतबार पनि डा देवकोटाको डायलाइसिस गर्ने तयारी भइरहेको छ। क्यान्सरका कारण गम्भीर अवस्थामा पुगेका डा देवकोटाको मिर्गौलाको पहिलो उपचार सुरु गरिएको छ। डायलाइसिस मेसिनको सहयोगमा मिर्गौला रोगीहरुको रगत शुद्धीकरण गर्ने प्रक्रिया होमो–डायलाइसिस हो। मिर्गौलाका बिरामीहरुले हप्ताको ३ पटकसम्म होमो–डायलाइसिस गर्नुपर्ने हुनसक्छ।
मिर्गौला फेल भएपछि डाक्टर देवकोटा थप गम्भीर भएका हुन्। यही कारण उनलार्इ भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको थियो। डायलाइसिस र निरन्तरको उपचारका कारण शनिबार उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको हो। स्वास्थ्य अवस्थामा सुधार आएपछि डा देवकोटालार्इ उनकै इच्छा अनुसार शनिबार जन्मथलो गोरखा लगिएको थियो। उनलार्इ केही दिनअघि नै गोरखा लैजाने तयारी भए पनि मिर्गौला फेलको समस्याले गाँजेपछि गोरखा जाने मिति सरेको हो।
डा देवकोटालार्इ बाइल डक्ट क्यान्सर ९कोलान्जिओकार्सिनोमा० देखिएपछि उपचारका लागि लन्डन लगिएको थियो। बेलायतमा पाँच महिना लामो उपचारपछि उनलाई गत बैसाख १५ गते नेपाल ल्याइएको थियो।
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...












