तनाव कम कसरी गर्ने ? हेराैं यी पाँच उपाय…
काठमाडाैं २७, जेष्ठ । दौडधुप तथा व्यस्तताले भरिपूर्ण अहिलेको जिवनयापनमा जो कोही कामकाजी मान्छे बिहान उठेदेखि राति नसुत्दासम्म कुनै न कुनै तनाबमा रहिरहनुपर्छ । समयमा काम पूरा नभएको तनाव, कार्यक्षेत्रमा राम्रो गर्न नसकेको तथा अझै राम्रो गर्नुपर्ने दबाबका बीच हुने तनाब, सिमित तलब अर्थात् पैसाले घर व्यवहारका असिमित आवश्यकता पूरा गर्नुपर्ने तनाव आदि आदि घरेलु तथा बाह्य तनावहरु मान्छेले झेलिरहेको हुन्छ ।
विज्ञहरुका अनुसार मान्छेमा तनावै नहुने कुराको कल्पना गर्न सकिन्न र केही हदसम्मको तनावले मान्छेका लागि राम्रो गर्ने उत्प्रेरकको रुपमा भूमिका पनि निर्वाह गर्छ तर तनावले सीमा नाघ्यो भने त्यो हानिकारक हुन्छ । त्यसले मान्छेको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमै हानी गर्दछ । तनावले उच्च रक्तचाप तथा हृदयाघात जस्ता समस्याको खतरा बढ्छ । त्यसैले तनावलाई बढ्न दिनुहुँदैन । आखिर तनावलाई कसरी नियन्त्रण गर्ने त ? हामीले यहाँ केही टिप्स प्रस्तुत गरेका छौँ ।
१. बुढापाकाहरुसँग भेट गर्नुहोस् र कुराकानी गर्नुहोस् । तपाइँलाई निकै तनाव भएको छ भने तपाइँका वृद्ध हजुरबा हजुरआमालाई भेट्नुहोस् र उहाँहरुसँगै बसेर दिन बिताउनुहोस् । आफ्ना वृद्ध अभिभावकलाई भेट्न सम्भव छैन भने नजिकैका बुढापाकालाई भेट्न जानुहोस् । बुढा पाकासँगको बसाइले तपाइँलाई शान्ति मिल्छ र मनको तनाव कम हुन्छ ।
२. खानपान बदल्नुहोस् : तपाइँलाई कुनै कुराले तनाव दिइरहेको छ भने सधै खाएर दिक्क भएको चिज भन्दा नयाँ चिज खाने कोसिस गर्नुहोस् । अझ तपाइँले नयाँ पेय पदार्थको स्वाद लिएर तनावलाई भगाउन सक्नुहुन्छ । तपाइँले मदिरा नै खानुपर्छ भन्ने छैन मकटेल्स लिएर आनन्द लुट्न सक्नुहुन्छ र तातेको दिमागलाई मथ्थर पार्न सक्नुहुन्छ ।
३. नङलाई बनाउनुस् कलात्मक : अरु मानिसभन्दा अलग देखिने चाहना जो कोही महिलाको हुन्छ । हरेक महिला आफ्नो पोशाक, तथा श्रृंगार र लुक्सलाई लिएर निकै चनाखो हुन्छन् । नेल आर्ट अर्थात् नङलाई सुन्दर तथा विभिन्न नेल पालिस लगाएर आकर्षक बनाउने कला पनि यहीँ मध्येको एक प्यासन हो । वास्तवमा नङको श्रृंगार पनि एक रोमाञ्चक काम हो । यसलाई महिलाले फुर्सदको दिन अर्थात् छुट्टीको समयमा मन बहलाउन तथा तनावलाई दूर गर्न अपनाउन सक्छन् ।
४. विभिन्न घरायासी काम अर्थात् घरेलु सामान बनाउने काममा व्यस्त रहँदा पनि बाह्य कुराको तनाव कम हुन्छ । महिलाको हकमा प्लास्टिक वा कपडाका रंगीचंगी फूल बनाउने, घर कोठा सफाचट् पार्ने जस्ता कामले मन बहलाउन सहयोग गर्छ । त्यस्तै पूराना कापी किताबको अध्ययन, घरकोठा तथा बगैँचाको सरसफाइ, सीप भएमा फूलदानी वा टोकरी बनाउने, घरमा पालिएको कुकुरलाई घुमाउन लैजाने जस्ता कामले पुरुषलाई पनि तनाव घटाउन मद्धत गर्छ । तनाव हटाउन खासगरी सिर्जनात्मकता प्रयोग हुने सरल कामहरु गर्ने गर्नुपर्छ ।
५. पूराना कपडाको रिडिजाइन : के तपाइँ सधै एकै डिजाइनका कपडा लगाउँदा वाक्क हुनुभएको छ ? यदि त्यस्तो हो भने तपाइँले आफ्ना पूराना कपडालाई नयाँ लुक्स दिन सक्नुहुन्छ । तपाइँलाई सिलाइ कटाइ आउँछ भने आफैले पूराना कपडालाई नयाँ डिजाइनमा ढाल्न सक्नुहुन्छ । यदि तपाइँलाई आउँदैन भने चित्तबुझ्दो डिजाइनमा रिपेयर गरिदिन सूचिकारकहाँ लुगा लिएर जानुहोस् । पूराना कपडालाई नयाँ डिजाइनमा ढालेर लगाउँदा तपाइँले नौलो अनुभुति पाउन सक्नुहुन्छ । आफ्नो नयाँ लुक्स देख्दा तपाइँ भित्रभित्रै मख्ख पर्नुहुन्छ र तनाव घटेको महसुस हुनेछ ।
यी उल्लेखित तरिकाहरु अपनाउँदा तनाव घट्छ भन्ने कुरा सायद तपाइँलाई यसअघि थाहा नहुनसक्छ । सन्तुलित भोजन, नियमित व्यायाम, स्वस्थ सामाजिक जिवन, सहकार्य, ध्यान तथा योगा गर्ने तथा बढि महत्वाकांक्षा नराख्ने जस्ता कुराहरुले पनि तनाव घटाउन सहयोग पूराउँछन् । हेर्दा निकै साधारण जस्तो लाग्ने यी उपायहरुले कसरी तनाव घटाउला र ? भन्ने प्रश्न पनि हुनसक्छ । तर एकचोटी अपनाएर त हेर्नुस्, तपाइँको टेन्सन अवश्य पनि दूर हुनेछ । एजेन्सीको सहयोगमा
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...












