राष्ट्रियसभा सदस्यको कार्यकालका लागि असार ४ गते गोलाप्रथा
काठमाडौं २७, जेष्ठ । राष्ट्रियसभाका सदस्यको कार्यकाल टुंगो लगाउन असार ४ गते गोलाप्रथा गरिने भएको छ ।
राष्ट्रियसभाका अध्यक्षसहित सहभागी दलका नेताहरुबीच आइतबार संसद भवनमा बसेको बैठकमा असार ४ गते गोलप्रथा गर्ने निर्णय गरिएको अध्यक्ष गणेश तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए । संविधानको धारा ८६ मा राष्ट्रियसभाको गठन र सदस्यहरुको पदावधि उल्लेख गरिएको छ ।
नियमावलीका अनुसार। पहिलो पटकको लागि गोला प्रथाबाट १९ जनाको पदावधि २ वर्षको कायम हुनेछ । त्यस्तै अरु २० जनाको पदावधि पनि गोलाप्रथाबाटै ४ वर्ष तोकिनेछ । बाँकी २० जना को पदाबधि भने ६ वर्ष पूरा हुनेछ ।
कसरी हुन्छ गोलाप्रथा ?
नियमावलीमा भएको व्यवस्था अनुसार क्लष्टरअनुसार प्रतिनिधित्व भएका सदस्यहरुबीचमा गोलाप्रथा गरिनेछ ।
प्रत्येक प्रदेशबाट प्रतिनिधित्व गरेका ३ जना खुला सदस्य र महिला सदस्यबीचमा गोलाप्रथा गरी २, ४ र ६ वर्षको कार्यकाल तय गरिनेछ ।
त्यसबाहेक सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्ने दलित सदस्यहरुबीचमा गोलाप्रथा गरिनेछ । त्यस्तै, अल्पसंख्यक तथा अपांगताको तर्फबाट प्रतिनिधित्व गर्ने सात सदस्यबीच पनि गोलाप्रथा गरिनेछ । राष्ट्रपतिबाट मनोनित ३ जनाबीच पनि त्यसैगरी हुनेछ भने राष्ट्रिय सभाका अध्यक्ष, सत्तापक्ष दलको नेता र विपक्षी दलको नेताबीच पनि गोलाप्रथा गरिनेछ ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, सत्तापक्षीय दलको नेता दीनानाथ शर्मा र विपक्षी दलको नेता सुरेन्द्र पाण्डे एउटै प्रदेशबाट अर्थात् ४ नम्बर प्रदेशबाटै प्रतिनिधित्व गर्छन् ।
गोलाप्रथाद्वारा २ वर्ष, ४ वर्ष र ६ वर्षको समय तय गरिनेछ
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












