सरकारले बन्द गरायो सीके राउतप्रति सहानुभूति राख्ने राष्ट्रसंघ कार्यालय भित्रको ‘अवैधानिक’ अफिस
ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघीय कार्यालयमा सन्चालित ‘डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स’ (डीपीए)लाई सरकारले बन्द गराएको छ । त्यहाँ कार्यरत कर्मचारीहरुलाई तीन महिनाभित्र फिर्ता हुन पनि सरकारले निर्देशन दिएको छ ।
यो कार्यालयले नेपालको राजनीतिक घटनाक्रमबारे साप्ताहिक रिपोर्ट न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालमा बुझाउने गर्दथ्यो ।
विगत सात वर्षदेखि सन्चालित यो कार्यालयमा हाल जापानी महिला प्रमुखको रुपमा कार्यरत थिइन् भने नेपालका पत्रकारहरु पनि आकर्षक तलबसहित जागिरे थिए ।
नेपालको शान्ति प्रक्रियालाई सघाउन आएको अनमिन सेना समायोजन र हतियार व्यवस्थापनको काम सम्पन्न गरेर फर्किएपछि केही समयका लागि भन्दै डीपीए स्थापना गरिएको थियो । तर, सात वर्षसम्म कार्यालय चलिरह्यो ।
डीपीएमा कार्यरत केही कर्मचारीहरुले ‘अलग तराई’ को वकालत गर्दै आएका सीके राउतप्रति सहानुभूति राखेको, सीके राउतका सहयोगी पश्चिमी दातृ निकायसँग अघोषित सहकार्य गरेको, राजनीतिक गतिविधिमा संलग्न भएको आरोपसमेत लाग्दै आएको थियो ।
त्यसैले मन्त्रिपरिषद बैठकले डीपीएको फिल्ड कार्यालय बन्द गराउने निर्णय गरेको हो । सरकारको निर्णयको जानकारी न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा दिइएको छ भने त्यसको बोधार्थ पुल्चोकस्थित राष्ट्रसंघीय आवासीय कार्यालयमा पठाइएको स्रोतले बतायो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












