डिएसपी बढुवाविरुद्ध इन्सपेक्टर खड्ग नारायण साहले उजुरी दीए
नेपाल प्रहरीको नायब उपरीक्षक(डिएसपी) पदमा भएको बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ। इन्सपेक्टर खड्ग नारायण साहले उजुरी दिएका हुन्।
आफु सिनियर भएपनि बढुवामा छुटाइएर अन्याय गरेको भन्दै उनले उजुरी दिएका हुन्। साह २०६२ सालका इन्सपेक्टर हुन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको बढुवा समितिले ८ दिनअघि २०६३ सालमा भर्ना भएका ५५ जना इन्सपेक्टरलाई डिएसपी बढुवामा सिफारिस गरेको थियो। अघिल्लो ब्याचका केही सिनियर इन्सपेक्टरहरु बढुवामा छुटेका थिए।
५५ जनामध्ये पनि सिनियरलाई पछि पारिएको र नेताहरु निकटलाई बढुवामा अघि राखिएको भन्दै सिफारिसमा विवाद भएको थियो।
एसपी र डिएसपी बढुवामा राम्रा प्रहरी अधिकारीलाई पछि पारिएको तथा नेता निकटलाई पुरस्कृत गरिएको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको आलोचना भइरहेको छ।
उजुरीउपर लोक सेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले छानबिन गर्ने छ। जसमा मुख्यसचिव र कानुन मन्त्रालयका सचिव सदस्य हुनेछन्। उजुरी दिने म्याद सकिएको १५ दिनभित्र सो समितिले उजुरीउपर टुंगो लगाउनुपर्ने प्रहरी नियमवाली २०७१ मा उल्लेख छ।
तर, सो समितिले बढुवालाई हेरफेर गर्न नसक्ने प्रावधान पछि थपिएको थियो। उजुरी पुष्टि हुन नसके उजुरीकर्ताको २ नम्बर काटिने प्रावधान पनि प्रहरी नियमावलीमा छ।
करिब ४ वर्षअघिको एआईजी बढुवाको सिफारिसलाई उजुरी सुन्ने समितिले उल्टाएपछि सरकारले समितिको अधिकार कटौती गरेको हो। जसकारण उजुरीको प्रावधान देखावटी मात्र बनेको छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












