विश्वकपमा २०१८ मा प्रयोग हुने यस्ता टेक्नोलोजी जुन धेरैलाई थाहा हुदैन (भिडियोसहित)
विश्वकपमा हुने सबै खाले कुराहरुले चर्चा पाउनु स्वभाविक नै हो किनकी अहिले सारा मानिसको ध्यान रुसतर्फ केन्द्रित छ ।
भोलिबाट रुसमा सुरु हुने २१ औं संस्करणको विश्वकप प्रतियोगितामा २१ औँ शताब्दीमा प्रतिपादन भएका प्राविधिहरुको समेत प्रयोग हुँदैछन्। खेलका क्रममा रेफ्रीलाई सहयोग गर्नका लागि अनेक प्रविधिहरुको प्रयोग हुनेछन्। आम दर्शकलाई यस विषयमा भने त्यति जानकारी हुनेछैन।
तर, न्युज-नेपालले त्यस्ता प्रविधि जो प्रयोग भएर पनि सबैलाई थाहा हुदैन तिनैको बारेमा जानकारी दिन खोजेको छ ।
गोल लाइन टेक्नोलोजी
अघिल्लो विश्वकपबाट प्रयोग गरिएको गोललाइन प्रविधि यसपटक पनि प्रयोग हुँदै छ। यसका लागि १४ वटा हाइ स्पीड क्यामेरको प्रयोग हुनेछ। बलले गोल लाइन पार गरेपछि यी क्यामेराले एक सेकेन्डको अन्तरालमा भिडियो सन्देश रेफ्रीले लगाएको घडीसम्म पुर्याउने छ।
एनएफसी चिप जडित टेलस्टार १८
विश्वकप २०१८ का लागि विशेषरुपमा तयार पारिएको बल हो टेलस्टार १८। गत वर्ष एडिडासले यो बल सार्वजनिक गरेको थियो। यो बल सन् १९७० को फिफा वर्ल्डकपमा प्रयोग भएको टेलिस्टरकै आधुनिक संस्करण हो। यसको नाम टेलिभिजन र स्टारको संयोजनबाट राखिएको हो। बल कालो र सेतो रंगको थियो। जुन त्यतिबेला श्यामश्वेत टेलिभिजनका लागि तयार पारिएको थियो।
टेलस्टार १८ लाई एडिडासले पाकिस्तानमा बनाएको हो। पाकिस्तानको सियालकोटमा फरवर्ड स्पोर्ट्स कप्पनीमा यसको उत्पादन भएको हो।
फरवार्डले सन् १९९४ देखि एडिडाससँग मिलेर खेल सामाग्री उत्पादन गर्दै आएको छ। २०१४ को विश्वकपमा समेत् यही कम्पनीमा उत्पादित बलको प्रयोग भएको थियो।
सन् २०१८ को संस्करणमा नयाँ छाला तथा उच्च प्रविधिको प्रयोग गरिएको छ। बलमा निकट क्षेत्र सञ्चार (नियर फिल्ड कम्युनिकेसन– एनएफसी) चिपको प्रयोग गरिएको छ। जसको माध्ययबाट स्मार्टफोनसँग सञ्चार गर्न सकिने छ। जसले खेल सम्बन्धि महत्त्वपूर्ण जानकारी प्राप्त गर्न मद्दत पुग्ने छ।
विद्युतीय प्रदर्शन तथा ट्र्याकिङ प्रणाली
विश्वकपमा प्रयोग हुने अर्को प्रविधि भनेको विद्युतीय प्रणाली पनि हो। टिमका प्राविधिक तथा मेडिकल स्टाफहरु निर्धारित स्थानमा रहेका हुन्छन्। यस्तोमा उनीहरुबीच सञ्चारका लागि एउटा डेडिकेटेड लाइन हुन्छ।
यस प्रविधिले खेल समयमा खेलाडीहरु संवादका लागि समेत प्रयोग हुन्छ। यसरी कोचले निर्धारित खेलकै क्रममा कोच गर्न समेत सक्ने छन्।
मार्चमा अन्तर्राष्ट्रिय फुटबल एसोसिएसनको बोर्डले भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिलाई अनुमोदन गरेको थियो। सोही अनुरुप यस विश्वकपमा भिएआरको प्रयोग हुने छ। पहिलो पटक विश्वकपमा भिडियो प्रविधि रेफ्रीका लागि सहयोगीको रुपमा प्रयोग हुँदै छ।
तर, यो प्रविधि निर्णय सच्याउन, अनावश्यक त्रुटीहरु हटाउन तथा खेल बदल्न सक्ने निर्णयबाट छुटेका घटनाहरुको पचिहान गर्नका लागि मात्र प्रयोग गर्न पाइने छ। यसको प्रयोग जतिबेला पनि गर्न पाइने छैन।
रेफ्रीले निर्णय लिनुभन्दा अगाडि भिएआरसँग जानकारी लिनसक्ने छ। यो प्रविधि प्रसारण तथा ध्वनी यन्त्रमा निर्भर रहेको छ।
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











