महाकुम्भ विश्वकपबारे २० रोचक कुरा
एजेन्सी । आजदेखि रुसकाे राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्व फुटबलको महाकुम्भ शुरु हुँदैछ ।
आजबाट उद्घाटन खेलमा आयोजक रसियाले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्दैछ । समूह ए अन्तरगतको खेल नेपाली समयअनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा मस्कोको लुझिन्की रंगशालामा खेलाइनेछ ।
विश्वकप शुरु हुनअघि यहाँ केही तथ्यहरु प्रस्तुत गर्न गइरहेका छौँ जसले तपाईंलाई यो विश्वकपबारे बुझ्न मद्दत गर्नेछ ।
१. यो विश्वकप फुटबलको २१ औँ संस्करण हो ।
२. यस विश्वकपको छनौटका लागि पहिलो क्वालिफायर १२ मार्च २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीच भएको थियो । यस खेलमा टिमोर ५–१ ले विजय बनेको थियो । तर, पछि टिमोरबाट आयोग्य खेलाडीहरु खेलाइएको खुलेपछि हारका बावजुद मंगोलियालाई विजेता घोषित गरिएको थियो । तर, यो फैसला निकै ढिलो आएको कारण टिमोरको टोली नै अघि बढेको थियो । आफ्नो पक्षमा फैसला आए पनि मंगोलियाको भाग्य भने परिवर्तन भएन ।
३. यस पटकको विश्वकपमा कुल ३२ टोली रहेका छन् । सन् २०२६ पछि ४८ टोली विश्वकपमा भाग लिनेछन् ।
४. आइसल्याण्ड र पानामा पहिलो पटक विश्वकप खेल्न गइरहेका छन् ।
५. ब्राजिल एक मात्र देश हो जसले विश्वकपको हरेक संस्करण खेलेको छ र सबैभन्दा धेरै पाँच पटक उपाधिमाथि कब्जा जमाएको छ । यदी यसपटक ब्राजिलले विश्वकप जिते उसको यो छैटौँ उपाधि हुनेछ ।
६. जर्मनी ब्राजिल र इटालीपछि लागातार दुई पटक विश्वकप जित्ने टोली बन्ने दाउमा छ । सन् १९५८ र १९६२ मा ब्राजिल तथा सन् १९३४ र १९३८ मा इटालीले लगातार दुईपटक विश्वकपमाथि कब्जा जमाएको थियो ।
७. जर्मनी पछिल्लो तीन विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने टोली हो । जर्मनीले सन् २००६ मा १४, सन् २०१० मा १६ र सन् २०१४ मा १८ गोल गरेको थियो ।
८. रुसका ओलेका सालेंको विश्वकपको एक खेलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले सन् १९९४ मा क्यामरुनबिरुद्ध एकै खेलमा पाँच गोल गरेका थिए ।
९. पछिल्लो विश्वकप करीब ३.२ अर्ब मानिसले हेरेका थिए । यो विश्वको लगभग आधा जनसंख्या हो ।
१०. हालसम्म विश्वकप विजेता टोलीको प्रशिक्षक सोही देशका रहेका छन् ।
११. रुस विश्वकपको नकआउट चरणसम्म पुग्न सकेको छैन । यसपटक घरेलु मैदानमा उसलाई फाइदा हुने आशा गरिएको छ ।
१२. सन् २०१८ नाइजेरियाका लागि छैटौँ विश्वकप हुनेछ ।
१३. दक्षिण कोरिया १० औँ पटक विश्वकप खेल्न लाग्दैछ । अन्य कुनै पनि एसियाली मुलुकले यति धेरै पटक विश्वकपमा प्रतिनिधित्व गरेको छैन ।
१४. ईरान लगातार दुई विश्वकपको लागि छनौट भएको यो पहिलो अवसर हो ।
१५. आइसल्याण्ड विश्वकपमा छनौट हुने सबैभन्दा सानो राष्ट्र हो । यसको जनसंख्या मात्र ३ लाख ३४ हजार रहेको छ ।
१६. नेदरल्याण्ड उपाधि नजिते पनि धेरै विश्वकप खेल्ने राष्ट्र हो । तर, यसपटक ऊ विश्वकपमा छनौट हुन सकेन ।
१७. सन् १९५८ पछि पहिलो पटक इटाली विश्वकपमा छनौट हुन असफल भएको हो । इटालीले अहिलेसम्म चार पटक – १९३४, १९३८, १९८२ र सन् २००६ मा विश्वकप जितेको छ ।
१८. सन् १९८६ पछि अमेरिका पनि विश्वकपमा छनौट हुन सकेन ।
१९. पहिलो पटक एसिया र युरोप दुवै महादेशमा खेल हुँदैछ ।
२०. पानामाका राष्ट्रपतिले आफ्नो फुटबल टोली विश्वकपमा छनौट भएपछि अक्टुबर ११ मा राष्ट्रिय विदाको घोषणा गरेका थिए ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












