मानवअधिकार र सञ्चार तालीम
रामपुर, पाल्पा, ५ असार । मानवअधिकार र सञ्चार विषयक दुईदिने तालीम पाल्पामा सोमबार शुरु भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा भएको तालीममा जिल्लाका मानव अधिकारकर्मी र पत्रकारका लागि तालीम आयोजना गरिएको हो ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण बढेको बताउनुभएको छ । उनले राजनीतिमा व्यापारीकरण बढेको भन्दै त्यसको अन्त्यको लागि सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने बताए ।
गरीब र निमुखा नागरिकको हकहितमा मानवअधिकारकर्मी र सञ्चार क्षेत्र समन्वय गरेर अघि बढ्नुपर्ने उनले बताए । पत्रकार सेनानी मेघराज शर्माले मानवअधिकार उल्लंघन भएका घटनालाई सञ्चारकर्मीले खोजीखोजी बाहिर ल्याउनुपर्ने बताएका छन् ।
पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्ष भगवान भण्डारीले प्रत्येक नेपालीको घरमा मानवअधिकारको प्रत्याभूति गर्ने वातावरण बनाउन सञ्चारमाध्यम लाग्नुपर्ने बताउनुभयो । प्रशिक्षक यज्ञप्रसाद अधिकारीले विकासका लागि मानवअधिकारमुखी पद्धति र चन्द्रकान्त चापागाईले मानवअधिकार रक्षकको वर्तमान अवस्था, चुनौती र समाधानका उपाय विषयमा सहजीकरण गरेका छन् ।
इन्सेक प्रतिनिधि यज्ञमूर्ति तिमिल्सेनाले पाल्पा जिल्लामा मानवअधिकार रक्षकको अवस्था र चुनौती तथा पत्रकार महासंघ पाल्पाका सचिव किरण कौशलले मानवअधिकार संरक्षणमा पत्रकारको भूमिका विषयमा सहजीकरण गरिरहेका छन् । पत्रकार महासंघ पाल्पा र मानवअधिकार निगरानी समूहको समन्वयमा हिजोबाट चलेको तालीम आज सकिनेछ ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












