चोट बल्झिदा नेइमार अभ्यास खेल खेल्न सकेनन्, के होला ब्राजिलको हालत ?
काठमाडौं ६, असार। ब्राजिलियन स्टार फवार्ड खेलाडी नेइमारको खुट्टाको चोट बल्झिएपछि अभ्यास खेल खेल्न सकेनन् ।
मंगलबार अभ्यासका क्रममा पुरानै चोट बल्झिएपछि नेइमार फिजियोथेरापिस्टसँग गएका छन् । उनी त्यहाँबाट छिट्टै अभ्यासमा फर्कन टिमको विश्वास छ ।
पेरिस सेन्ट जर्मेनबाट खेल्ने क्रममा चोट लागेपछि उनको दायाँ खुट्टाको शल्यक्रिया गरिएको थियो । सिजनको अन्तिम खेलहरु गुमाएका उनी विश्वकप अघि मैदान फर्किएका थिए ।
विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डविरुद्ध पुरै ९० मिनेट खेले । तर, १-१ बराबरी भएको खेलका क्रममा नेइमारमाथि १० पटक फउल भएको थियो ।
२०१४ को विश्वकपमा पनि नेइमारको ढाडमा चोट लागेपछि सेमिफाइनल खेल गुमाएका थिए । क्वार्टरफाइनलमा कोलम्बियाका जुवान जुनिगाले फउल गरेका थिए ।
नेइमारविना उत्रिएको ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७-१ ले स्तब्ध भएको थियो ।
यो पटक भने ब्राजिलियन टिमलाई उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको छ । तर, पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिनु र स्टार स्ट्राइकर नेइमारको चोटले भने ब्राजिलियन टिममाथि केही दबाव थपिएको छ ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












