स्पेन विजयी इरानले खायो १ गोल
युरोपियन फुटबल जायन्ट स्पेनले जारी २१ औं संस्करणको विश्वकपको आफ्नो समूह चरणको खेलमा इरानलाई १ ० ले हराएको छ। उसले कजान रंगशालामा भएको संघर्षपूर्ण र रोमाञ्चक खेलमा १(० को जीत निकालेको हो। जीतसँगै उसले ४ अंक बटुलेको छ। स्पेनले समूह चरणबाट बाहिरिएको मोरोक्कोसँग समूहको अन्तिम खेल खेल्नेछ।
स्पेन र एशियाली राष्ट्र इरानबीचको समूह चरणको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा इरानले खेलमा फर्किने केहि महत्वपूर्ण मौका गुमायो। उसले गरेको एक गोल अफसाइड भएको थियो। भिएआरबाट सो गोललाई अफसाइड घोषणा गरिएको थियो।
समूह बिको यी दुबै टोलीलाई नकआउट प्रवेशका लागि जीत अत्यावश्यक रहेको थियो। सो जीत स्पेनका लागि डिएगो कोष्टाले खेको ५४ औं मिनेटमा निकाले। यसअघि भएको पहिलो खेलमा स्पेनले पोर्चुगलसँग ३ ३ गोलको बराबरी खेलेको थियो भने इरानले मोरोक्कोलाई २ ० ले हराएको थियो।
अंकतालिकामा १ बराबरी र एक जितसहित पोर्चुगल ४ अंक सहित शीर्ष स्थानमा रहेको छ। स्पेन ४ अंक सहित दोश्रोमा छ। इरान ३ अंकसहित तेश्रोमा छ। पोर्चुगलले मोरोक्कोसँग भएको खेलमा १ ० को जीत निकालेको थियो।
समूह चरणको दुबै खेल हारेको मोरोक्को घर फर्किने पक्का भइसकेको छ। आजको खेलमा जीत निकालेमा इरान एक खेल बाँकी हुँदै दोश्रो चरणमा प्रवेश गर्ने थियो तर स्पेनले उसलाई निराश पारिदियो ।
स्पेनले निराश पारेपनि इरानको नकआउट चरणमा पुग्ने सम्भावना सकिएको छैन्। समूहका शीर्ष तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना छ जसको निर्धारण उनीहरूका अन्तिम खेलमा भर पर्नेछ।
Comments
अरु समाचार
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।संघीय संसदीय दलको कार्यालय...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर...
-
आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
आज र भोलि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाण्डौ । सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा गर्मी बढे पनि पूर्वी क्षेत्रमा आजदेखि गर्मी केही कम हुने मौसम पूर्वानुमान महाशाखाले...
-
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित
काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको...












