रुकुम पूर्वमा बस दुर्घटना परेर नौ घाइते, सातको अवस्था गम्भीर
रुकुम पूर्व, ८ असार । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान ना५ ख ४०१२ नम्बरको बस दुर्घटना भएको छ ।
दुर्घटनामा परेर नाै जना घाइते भएका छन् । घाइतेमध्ये सातजनाको अवस्था भणे गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
कान्छो जिल्ला रुकुम पूर्वबाट दाङका लागि छुटेको बस बिहान दुर्घटनामा परेको स्थानिय व्यापारी गज बहादुर घर्ति मगरले बताए ।
सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय समुद्रा ऐरी, रोल्पा लिबाङ–४ का ३० वर्षीय दिलीपकुमार पुन, रुकुम पश्चिम बाँफीकोट गाउँपालिका–५ का २० वर्षीय दीपक देवकोटा, रुकुम पूर्व सिस्ने–५ का ४० वर्षीय अमर थापा र सोही ठाउँकी ५५ वर्षीया पुतला ऐरी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेर घाइते हुनेमा रुकुम पूर्व सिस्ने–५ की ५१ वर्षीया सुधाकुमारी शर्मा, सोही ठाउँका २३ वर्षीय नारायण गौतम, बाँके डुडुवा–५ का ३० वर्षीय अजित ऐरी र अन्य दुईजनाको नाम ठेगाना नखुलेको निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।
घाइतेमध्ये समुद्रा, दिलीप, अम्मर, सुधाकुमारी अजित र नाम ठेगाना नखुलेका दुईजनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । उनीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइते सबैको टाउको, छाती, हातखुट्टामा चोट लागेको छ ।
तीव्र गतिका कारण गाडी दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । गाडी चालक दाङ, तुल्सीपुर–११, तरीगाउँका चूडामणि विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए । घाइतेलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












