बिक्न छाड्यो अलैँचीको बिरुवा
मंगलबारे, इलाम, १० असार । इलाममा अलैँचीको (बिजु) बिरुवा बिक्न छोडको छ । अलैँचीको दाम घट्दै गएको र किसान आफैँसँग पर्याप्त बिरुवा भएका कारण बिरुवा बिक्न छोडेको हो ।
विगतका वर्षहरूमा वैशाख महिनाबाट नै बिक्री हुने बिरुवा यसवर्ष असार पहिलो हप्ता बितिसक्दासमेत नर्सरीबाट बिरुवा नबिकेको सम्बद्ध किसानहरूको गुनासो छ । जिल्लाको सबैभन्दा बढी बिरुवा उत्पादन हुने रोङ गाउँपालिका–६ जिर्मलेबाट यस वर्ष बिरुवा निकासी नभएको स्थानीयवासी गोविन्द पौडेलले बताए । यहाँ रामसाइ, गोलसाइ, जिर्मले र साउने जातको अलैँचीको बिरुवा पाइन्छ ।
यहाँका विभिन्न अलैँची नर्सरी उद्योग (यावा, बेद, अधिकारी र वाइवा) नर्सरी उद्योगबाट करीब ३२ लाख बिरुवा उखेलेर नष्ट गर्नुपरेको अधिकारी नर्सरी उद्योगका प्रोप्राइटर याम अधिकारीले बताउनुभयो । विगत वर्षहरुमा निकै फस्टाएको अलैँचीको बिरुवाको व्यापार यसपालि घटेको छ ।
कुनै समयमा नेपालकै निर्यात व्यापारको सबैभन्दा बढी हिस्सा ओगटेको अलैँची संक्रमणपछि मासिएको थियो । पुनः किसानले धान र मकैबारी मासेर अलैँची लगाउन थाले पनि भाउ घटेका कारण उनीहरू चिन्तित भएका छन् । कुनैबेला प्रतिमन रु एक लाख ४० हजार मसम्ममा बिक्री भएको अलैँची अहिले प्रतिमन रू २५ देखि ३० हजार बिक्री भइरहेको छ ।
किसान अलैँची खेतीमा आकर्षित हुँदा बिरुवाको व्यापारसमेत फस्टाएको थियो । हाल किसानको अलैँचीखेतीप्रति मोह घट्दै गएका कारण नर्सरी उद्योग सञ्चालकसमेत चिन्तित भएका छन् ।गत वर्षदेखि नै मेची अञ्चलका जिल्लामा अलैँचीको बिरुवा जान छोडेको थियो । पश्चिम नेपालको दोलखा म्याग्दीलगागतका जिल्लामा निर्यात भएको बिरुवा यस वर्ष सो जिल्लामा समेत नगएको बताइएको छ ।
अलैँची विकास केन्द्र सूर्योदय नगरपालिका फिक्कलका अनुसार यसवर्ष विगत वर्षहरुभन्दा कम बिरुवा बिक्री भएको छ । अलैँचीको दानाबाट उमारिएको विरुवाबाट चार वर्षदेखि मात्र उत्पादन दिने भए पनि झ्याङ फुटाएर रोपिएको बिरुवाबाट भने दुईवर्षदेखि उत्पादन हुने गरेको छ ।
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...












