लगातार बढेको गर्मीले जनजीवन प्रभावित
धनगढी,११ असार। लगातार बढ्दै गएको गर्मीका कारण कैलाली कञ्चनपुरको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
बढ्दै गएको गर्मी र सुक्खा मौसमका कारण बालबालिका, वृद्धवृद्धा र मजदूर वर्गमा थप समस्या भएको छ ।
गर्मी बढेसँगै श्वासप्रश्वासको समस्या, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता बिरामीको चाप स्वास्थ्य संस्थामा बढेको स्वास्थ्यकर्मीले बताएका छन् । गर्मी बढ्दै जाँदा सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् ।
गर्मी बढ्दै जाँदा कतिपय व्यक्ति गर्मी छल्नकै लागि कैलालीको चिसो मौसम रहने चुरेपहाडको बूढीतोला र खानीडाँडासम्म पुग्न थालेका छन् ।वर्षा नभएको र गर्मी बढ्दै जाँदा आकाशको पानीको भरमा धान रोपाइँ गर्ने तयारीमा रहेका कृषकले पानीको अभावमा रोपाइँ गर्न सकेका छैनन् । बोरिङको पानी तानेर गरिएको रोपाइँ पानीको अभावमा सुक्न थालेको छ भने खेतबारीमा राखिएको धानको ब्याड सुकेर जान थालेको स्थानीय कृषक हरि चौधरीको गुनासो छ ।
यस क्षेत्रमा मनसुन अझैसम्म सक्रिय हुन सकेको छैन । तीन दिनअघि हावाहुरीसहित हल्का वर्षा भए पनि जमिनमा खसेको वर्षाको पानी तातेर तातो वाष्प बन्दा थप गर्मीको महसुस भएको थियो ।
यस क्षेत्रमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसको आसपास पुगेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












