छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा छात्र अगाडि
काठमाडौँ, ११ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी देखिएका छन् ।
परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थीमध्ये दुई लाख २७ हजार ९३१ जना छात्रा र दुई लाख २३ हजार ६०१ जना छात्र रहेकामा ग्रेड पोइन्ट एभरेज (जिपिए) ३ दशमलव ६५ देखि ४ दशमलव शून्यसम्म ल्याउने छात्राको प्रतिशत २ दशमलव ७ मात्र देखिएको छ भने सोही जिपिएमा छात्रको प्रतिशत ६ दशमलव ६ देखिएको छ । जिपिए २ भन्दा तल धेरै छात्रा देखिएका छन् ।
शनिबार सार्वजनिक नतिजाअनुसार ३ दशमलव २५ देखि ३ दशमलव ६ सम्म हासिल गर्नेमा करीब ९ प्रतिशत छात्रा छन् भने छात्राको प्रतिशत ११ दशमलव ६ प्रतिशत छ । शिक्षाविद् डा मनप्रसाद वाग्ले भन्छन्, “परीक्षामा संख्यात्मकरूपमा छात्राको संख्या बढी देखिए तापनि गुणात्मकरूपमा छात्रको उपलब्धि बढी देखिएको छ, यो सकारात्मक संकेत होइन । झण्डै ५० प्रतिशत छात्राका जिपिए २ भन्दा तल हुनुले शिक्षामा समानता ल्याउनु चुनौतीपूर्ण देखाएको छ ।”
उनले आगामी दिनमा छात्राको उपलब्धि बढाउन र शिक्षाको लगानीअनुसारको प्रतिफल ल्याउन प्रत्येक विद्यालयले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले सहभागीमा छात्राको संख्या बढी भए पनि परिणामअनुसार छात्राहरु केही पछाडि परेको पाइएको बताए।
प्राविधिक त्रुटि सच्चाइयो
शनिबार सार्वजनिक भएको संवत् २०७४ को परीक्षाफलमा केही विद्यार्थीको नतिजाको ग्रेडमा भोलिपल्ट वृद्धि भएको विषयमा परीक्षा नियन्त्रण कार्यालयले गल्ती स्वीकार्दै प्राविधिकरुपमा सुधार गरेको छ । नतिजा वेभसाइटमा राख्दा इनपुट र आउटपुटको सूत्र प्रोसेसिङको प्राविधिक पक्षमा केही विषयको मार्जिनल केसमा जिपिए सुधार भएको हो ।
उपनियन्त्रक गौतमले प्राक्टिकल नम्बर जोड्न भूल भएको नभई प्राविधिक त्रुटि भएको दाबी गर्दै केही विद्यार्थीको अन्तिम ग्रेडसिटमा ग्रेड सामान्य वृद्धि भएको बताए । प्राविधिक त्रुटिको विषयमा छानविनको माग भइरहेका बेला कार्यालयको पछिल्लो ग्रेडसिटलाई आधिकारिक मान्न आग्रह गरेको छ ।
सरकारी र निजीको तुलना हुँदै
परीक्षाफल सार्वजनिक भएको भोलिपल्ट प्राविधिक गडबडी पत्ता लागेपछि ग्रेडसिटलाई सुधार्न प्राविधिक टोली व्यस्त भए पनि पनिकाले परीक्षाफलका विविध पक्षहरुको विश्लेषण गर्न भ्याएको छैन । सहभागीमध्ये सामुदायिक र निजी विद्यालय तथा प्रदेशगत तुलनाको आँकडा तयार भइनसकेको उपनियन्त्रक गौतमले बताए । उनले जिपिएलाई ‘ए’, ‘बि’, ‘सी’ जस्ता ग्रेड र प्रतिशतमा रुपान्तरण गर्न नसकिने पनि स्पष्ट गरे ।
नेपाल शिक्षक युनियनका अध्यक्ष बाबुराम थापाले विगतको तुलनामा सामुदायिक विद्यालयको नतिजामा क्रमशः सुधार आएको जनाउँदै शिक्षक नेता प्रधानाध्यापक रहेका विद्यालयमा पनि नतिजा राम्रो रहेको दाबी गरे ।
ललितपुरको रुद्रायणी मावि, खोकनाका प्रअ थापाले आफ्नो विद्यालयमा ‘ए’ प्लससहित सबै विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य हुने गरी सफल भएको जानकारी दिए । “शिक्षक नेताहरुले राजनीतिमात्र गर्छन्, पढाउँदैनन् भन्ने आरोपलाई नतिजाले खण्डन गरिदिएको छ”, थापाले भने।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












