प्रेमीसँग मिलेर श्रीमतीले गरिन् अाफ्नै श्रीमानको हत्या
कैलाली,१२ असार । कञ्चनपुरको पुनर्वास नगरपालिका २ की लक्ष्मी बडेलाले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।
कैलाली नगरपालिका–१० गाेदावरी माइती घर भएकी लक्ष्मी बडेलाले प्रेमी दीपक खत्रीसँग मिलेर आफ्नै श्रीमान तेजबहादुर विष्टको हत्या गरेकी हुन् । खत्री कैलाली नगरपालिका -१२ निवासी हुन् ।
दीपक र लक्ष्मीकाे सम्बन्ध विवाह अगावै रहेकाे प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । लक्ष्मी र तेजबहादुरकाे गत महिनाकाे वैशाखमा मागि विवाह भएकाे थियाे । यही असार ८ गते श्रीमती लक्ष्मीसँग ससुराली गएका तेजबहादुर एक्कासि बेपत्ता भएपछि आफन्तले प्रहरीमा उजुरी दिए ।
उजुरी दिए लगत्तै तेजबहादुरकाे खाेजिमा रहेकाे प्रहरीले भासु भिरकाे तल तेजबहादुरलाई मृत अवस्थामा भेटेकाे थियाे । तेजबहादुरकाे मृत्यु बारे अनुसन्धान थालिरहेकाे प्रहरीले घटनामा सँलग्न रहेकाे अाशँकामा दीपक र उनकी प्रेमीका लक्ष्मीलाई पक्राउ गर्याे ।
अाफूहरु एकले अर्कालाई विवाह हुनुभन्दा पहिलादेखिनै पन पराउने गरकाे ,जसरी भएपनि एक अर्काकाे हुने कसम खाएकाे र साेहि अनुसार अाफूहरुले असार आठ गते राति तेज बहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरबाट खसाएर मारेको बयान दिएका छन् । उनीहरुले विष्ट सवार माेटरसाइकल पनि भिरबाट तल खसालिदिएकाे प्रहरीले बताएकाे छ।। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












