दुई सय ६५ घरपरिवारलाई राहत वितरण
रसुवा, १२ असार । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत जीविको पार्जनका लागि रकम प्रदान गरेको छ ।
रेडक्रस जिल्ला सभापति बाबुलाल तामाङका अनुसार कालिका गाउँपालिकाअन्तर्गत वडा नं २ को ९७ घरपरिवारलाई प्रतिपरिवार रु ४० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।
यसैगरी उत्तरगया गाउँपालिका वडा नं ३ ठूलोगाउँमा भूकम्प प्रतिकार्यअन्तर्गत छनोट भएका १७१ घरपरिवारमध्ये पहिलो चरणमा १६८ परिवारलाई प्रति घरपरिवार रु १५ हजारका दरले वितरण गरिएको छ । उनीहरुलाई दोस्रोपटक रु २५ हजार भुक्तानी गरी प्रतिपरिवार रु ४० हजार प्रदान गरिने र छनोट भएका सबैलाई क्रमिकरुपले रकम प्रदान गरिने रेडक्रसले जनाएको छ ।
प्रदान गरिएको रकमबाट भूकम्प प्रभावित परिवारले आफू खुशी बाख्रा, कुखुरापालन वा तरकारीखेतीमा लगानी गरी आयआर्जनबाट आत्मनिर्भरतर्फ उन्मुख हुनुपर्ने बताइएको छ । जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने पवित्र मूल नारालाई सिरोपर गर्दैै रेडक्रस अगाडि बढिरहेको र भूकम्पकै असरले शारीरिक अपाङ्गता भएकी उत्तरगया गापा–३ ठूलोगाउँ निवासी सपना गुरुङको जीवन निर्वाह सहज बनाउन रु तीन लाखको लागतमा एक अपाङ्गमैत्री शौचालय र शौचालय जाने बाटोसमेत निर्माण गरिएको छ ।
रसुवा जिल्लाको दक्षिण पश्चिम भूभागमा पर्ने ठूलोगाउँ क्षेत्रमा ४५५ घरपरिवारलाई भूकम्पपछिको आवास निर्माण गर्ने जिम्मा पाएको रेडक्रसले हालसम्म ३२० घर निर्माण सम्पन्न गरिसकेको र बाँकी घरको निर्माण कार्य धमाधम अगाडि बढाइरहेको उत्तरगया गापाले जनाएको छ ।
रेडक्रसले गरेका काम गुणस्तरको भएको र खर्चका विवरण पनि समयसापेक्ष पारदर्शी हुँदै आएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...












