काठमाडाैमा सुरक्षा चुनाैती बढ्दो, एकै रातमा दुई जनाको हत्या !
काठमाडाैं १३, असार । ललितपुर–२ स्थित टेकुबाट सानेपातर्फ जाने कालोपुलमुनि एक युवतीको शव भेटिएको छ ।
महागनरीय अपराध अनुसन्धान महाशाखाका अनुसार अन्दाजी २२/२५ वर्षीया युवतीको हत्या पश्चात शव उक्त ठाँउमा फालिएको जनाइएको छ ।
प्रहरीले शवको हुलिया बारे सूचना जारी गर्दै भनेको छ, ‘पातलो शरिर, अन्दाजी उचाई ५ फिट ३ ईन्च, कपाल कालो लामो, रातो ब्लाउज, खरानी रंगकोहाफ सर्ट, कालो पाइन्ट लगाएकी, बायाँ हातको नाडीमा निलो मसीले आइ लभ यू लेखिएको मंगोलियन अनुहारकी युवतीको शव मृत अवस्थामा भेटिएको हो ।’
युवतीको हत्या कतै लागूपदार्थ तथा मादकपदार्थ सेवन गर्नेले हत्या गरेको त होइन भनेर छानबिन भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तै, गोकर्णेश्वरको अत्तरखेलमा पनि एउटा शव फेला परेको छ ।
अन्दाजी ३२ वर्षका एक पुरुषको शव प्रहरीले अत्तरखेलस्थित बागमती नदि किनारबाट बरामद गरेको हो । शवको प्रकृति हेर्दा युवकको हत्या भएको बुझ्न सकिन्छ ।
अन्दाजी ५ फिट ३ इञ्च उचाई भएका पुरुषको टाउकोबाट रगत बगेको छ । घटनास्थलमा फलामको पाइपसमेत भेटिएकाले त्यही पाइपले हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । पातलो शरीर, लामो कपाल, जुंगा र दाह्री पालेका युवाको शव नाङ्गो अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
प्रहरीले हालसम्म मृतक युवार युवतीको पहिचान हुन नसकेकाले अनुसन्धानमा समेत समस्या आएको जनाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहका अनुसार हत्या गरिएका पुरुष मानसिक अवस्था ठीक नभएको व्यक्ति हुन् । मागी खाने यी पुरुषमाथि कसले किन आक्रमण गर्यो भन्ने खोजी भइरहेको उनले बताए ।
खोलाकाे किनारमा फेला पर्याे एक निर्वस्त्र पुरुषकाे शव
Comments
अरु समाचार
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।संघीय संसदीय दलको कार्यालय...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर...
-
आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
आज र भोलि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाण्डौ । सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा गर्मी बढे पनि पूर्वी क्षेत्रमा आजदेखि गर्मी केही कम हुने मौसम पूर्वानुमान महाशाखाले...
-
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित
काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको...












