यी हुन् उपाधि होडमा रहेका १६ टिम जो प्रि क्वाटरफाइनल पुगे
यी हुन् उपाधि होडमा रहेका १६ टिम जो प्रि क्वाटरफाइनल पुगे
रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकपमा समूह चरणका सबै खेलहरु समाप्त भइसकेका छन्। कूल ४८ खेल भइसकेपछि उपाधि होडमा रहेको ३२ टिम घटेर १६ पुगेको छ।
समूह चरणमा जित मात्र नभई बराबरी र हारको नतिजाले पनि अघिल्लो चरण प्रवेशको समिकरण बदल्ने भए पनि प्रिक्वाटरफाइनलदेखि भने नकआउट चरण लागु हुनेछ। जहाँबाट जित्ने टिम उपाधि होडमा अगाडि बढ्दै जानेछ भने हार्ने टिम घर पर्कनेछ।
रसियामा विश्वकप खेल्न गएका ३२ मध्ये १६ टिमको चुनौती समूह चरणबाटै सकिएको छ र घर फर्किँदैछन्। बाँकी १६ टिम समूह चरण पार गर्दै उपाधि होडमा लम्किरहेका छन्।
साविक विजेता तथा ४ पटकको विश्वकप जितेको जर्मनी समूह चरणबाटै आउट हुनु यस विश्वकपको सबैभन्दा अप्रत्यासित नतिजा बन्यो। मेक्सिको, स्वीडेन, दक्षिण कोरिया रहेको समूहमा जर्मनी दुई खेल हार्दै समूहको पूछारमा रहँदै घर फर्कियो। यस्तै युरोपको अर्को राम्रो टिम भनिएको पोल्याण्ड पनि समूह चरणबाट अगाडि बढ्न सकेन।
सर्वाधिक ५ पटकको विजेता ब्राजिल, २ पटकको विजेता अर्जेन्टिनाले अन्तिम खेल जित्दै अन्तिम १६ मा स्थान बनाए भने आयोजक रसियासहित उरुग्वे, फ्रान्स, इंग्ल्याण्ड र बेल्जियमले समूह चरणको एक खेल अघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेको थियो।
सन् १९९४ बाट रसियाको नाममा खेल्न थालेपछि आयोजक रसियाले पहिलो पटक समूह चरण पार गरेको हो।
अब शनिवारदेखि नकआउट चरणका खेलहरु सुरु हुनेछन्। प्रिक्वाटरफाइनलमा सबैभन्दा प्रतीक्षा गरिएको खेल दुई पूर्व च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच हुनेछ। नाइजेरियासँगको अन्तिम खेलमा बराबरी वा हारको नतिजाले अर्जेन्टिना समूह चरणबाटै बाहिरिने थियो तर जित हासिल गर्दै समूह डीको उपविजेता बन्दै समूह सी को विजेता फ्रान्ससँग भेट पक्का गरेको हो।
यस्तै दुई पटकको विजेता उरुग्वे र पोर्चुगलबीचको खेल पनि हेर्न लायक हुनेछ। यी दुई खेलको विजेता क्वाटरफाइनलमै एकआपसमा भिड्नेछन्। सेमिफाइनलमा ब्राजिल र बेल्जियममध्ये एक सम्भावित अपोनेन्ट हुनेछ। ब्राजिलले प्रिक्वाटरमा मेक्सिकोसँग खेल्नेछ भने बेल्जियमले जापानसँग खेल्नेछ। यी सबै खेल एउटा पोलमा हुनेछ।
चार पूर्व विजेता रहेको यस पोलबाट एक मात्र टिम फाइनल पुग्नेछ।
अर्को पोलमा दुई पूर्व विजेता छन्, स्पेन र इंग्ल्याण्ड। स्पेनले प्रिक्वाटरमा आयोजक रसियासँग खेल्नेछ। यस्तै क्रोएसियाले डेनमार्क, स्वीडेनले स्वीट्जरल्याण्ड तथा इंग्ल्याण्डले कोलम्बियासँग खल्नेछ। यो पोलबाट एक टिम फाइनल पुग्नेछ। पूर्व विजेता स्पेन र इंग्ल्याण्डलाई यस पोलबाट उपाधिको दाबेदारको रुपमा हेरिएको छ। यस्तै समूह चरण राम्रो प्रदर्शन गरेको क्रोएसिया पनि अगाडिसम्म पुग्न सक्ने टोलीको रुपमा लिइएको छ।
प्रिक्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै १० टिम पुगेका छन् भने दक्षिण अमेरिकाबाट ४ तथा उत्तर अमेरिका र एसियाबाट एक एक टिम छन्।
Comments
अरु समाचार
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।संघीय संसदीय दलको कार्यालय...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर...
-
आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
आज र भोलि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाण्डौ । सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा गर्मी बढे पनि पूर्वी क्षेत्रमा आजदेखि गर्मी केही कम हुने मौसम पूर्वानुमान महाशाखाले...
-
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित
काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको...












