सामुदायिक लघुवित्त वित्तिय संस्थामा २ करोड घोटाला गरेकाे अाराेपमा ४ जना पक्राउ
काठमाडौैं,१५ असार । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सामुदायिक लघुवित्त वित्तिय संस्था, साँगा, काभ्रेमा भएको साढे २ करोड रुपैयाँ घोटालामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सञ्चालक समिति अध्यक्ष पाल्पाको तानसेन–४ घर भइ हाल टोखा–९, गोंगबु बस्दै आउका ५७ वर्षीय हिरा विश्वकर्मा, सदस्य काठमाडौं–२२, खिचापोखरीका ६५ वर्षीय चण्डेश्वरी प्रधान, ललितपुरको गोदावारी–१२ का ५१ वर्षीय बटुकृष्ण कार्की र तत्कालिन सीईओ ललितपुर–१४, खुमलटारका ६५ वर्षीय स्वयम्भुारम जोशी छन् ।
प्रहरीका अनुसार तत्कालिन सीईओ जोशीको संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्वीकृति विना मिलेमतोमा ‘गुडविल’ को रुपमा भन्दै २ करोड ५० लाख रुपैयाँ रकम प्रवाह गरिएको थियो ।
त्यस्तै, उनले राष्ट्र बैंकको नीति तथा निर्देशन विपरित तलब भत्ता लगायको विभिन्न शीर्षकमा आफू खुशी ७ लाख ४४ हजार रुपैयाँभन्दा बढी भुक्तानी लिएको अनुसन्धानबाट खुलेको छ ।
निर्धारित हदभन्दा बढी संस्थाको शेयर धारण गरेको व्यक्ति जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुने गरी मिलेमतोमा सञ्चालक समितिले कार्यकारी पदमा नियुक्त गरेर अनिमितताको श्रृंखला सुरु गरेको भेटिएको छ, ब्यूरोका प्रवक्ता एसपी कृष्णहरि शर्माले भने, ‘संस्थाले आर्थिक कारोबार गर्दा अपरादर्शी ढंगले कारोबार गर्ने गरेको पनि भेटिएको छ ।’
पक्राउ परेकाहरुमाथि उच्च अदालत, पाटनबाट ७ दिनको म्याद थप गरेर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












