मार्सल आर्टको विकासमा लाग्ने सांसदको भनाइ
काठमाडौं १७, असार । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघको दोस्रो राष्ट्रिय महाधिबेसनले नयाँ सन्तोष पौडेलको अध्यक्षतामा अनाँ नेतृत्व चयन गरेको छ ।
संघको उपाध्यक्षद्वयमा ईश्वर भट्ट र प्रकाश श्रेष्ठ, महासचिवमा बिष्णु गिरी निश्चल, सचिवमा रबि पराजुली, कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ, सदस्यहरुमा लीलानाथ घिमिरे, दिपक बास्तोला, सुनिता चौधरी, सरिता पौडेल, दिपा पुरी, अशोककुमार चौधरी, हेमराज अधिकारी, राजेन्द्रमुर्ति पन्त, केशव श्रेष्ठ, ढुण्डीराम खनाल र ज्ञानेन्द्र श्रेष्ठलाई चयन गरेको छ । निर्बाचित पदाधिकारीलगायत सदस्यहरुलाई राष्ट्रिय खेलकुद परिषदका खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले सफथ खुवाएका थिए ।
अधिबेसनको उद्घाटन राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले गरेका थिए ।सांसद बिडारीले तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएकोमा गर्व गरे । उनले भने, ‘अहिलेको राजनीतिक फोहरी भएको छ । यसलाई खेलले मात्रै स्वच्छ बनाउन सक्छ ।’ खेलको माध्यबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहने हुँदा आफूले खेलसम्बन्धी नीति निर्माणमा पहल गर्ने बताए ।
कार्यक्रममा पूर्वसांसद मिलन कुमारी राजबंशीले तङ्ग ईल मोदो खेल विश्वप्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेल्ने बताईन् ।
तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षाा दिन सकिने बताउँदै तङ्ग–इल मो–दो यसमा सफल हुँदै गएको बताए । उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान् बनाउन संघ लागेको उल्लेख गरे ।
महाधिवेशन उद्घाटनको अवसरमा तङ्ग–इल मो–दोका खेलाडीहरुले खेल कौशल पनि प्रस्तुत गरेका थिए ।। महाधिबेसन देशभरका १७ जिल्लाबाट ५४ जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












